राजापुर नगरद्वारा बादी समुदायको आर्थिक उत्थानका लागि बाख्रा बितरण
केशव कोईराला, १० असार, राजापुर (बर्दिया) । राजापुर नगरपालिकाको आर्थिक वर्ष ०८१/०८२ को वार्षिक कार्यक्रम अन्तर्गत लक्षित समुदायका रुपमा रहेका बादी समुदायका सदस्यहरूको आयआर्जनसँगै सशक्तीकरणका लागि बाख्रा वितरण गरिएको छ । छनोटमा परेका २० जना सदस्यहरूलाई प्रतिव्यक्ति २ वटा दरले गरी कुल ४० वटा बाख्रा वितरण गरिएको हो ।
बाख्रा वितरण कार्यक्रम राजापुर नगरपालिका उप–प्रमुख मनकला कुमारी चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । कार्यक्रममा आर्थिक विकास समिति संयोजक तथा वडा नं. ४ का अध्यक्ष बिदुर पोखरेल, प्रमुख प्रशासकीय अधिकृत दशरथ बुढा, प्रशासकीय अधिकृत आनन्द प्रसाद जैशी, पशु सेवा शाखा प्रमुख पूर्ण बहादुर खत्री लगायतका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
नगरपालिकाले लक्षित समुदायको आर्थिक सशक्तीकरणका लागि सञ्चालनगर्दै आएको कार्यक्रमले दीर्घकालीन रुपमा रोजगारी घटाउँदै आत्मनिर्भरता अभिवृद्धिमा सहयोग र्पुयाउने विश्वास लिएको छ । पशु सेवा शाखाले वितरण गरिएका बाख्राहरूको नियमित अनुगमन र प्राविधिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।
२४ °C काठमाडौं
Facebook Comments