• ९ वैशाख २०८३, बुधवार
  • २४ °C काठमाडौं
ब्यवहारिक तथा सैद्धान्तिक  ज्ञानसँगै अनुशासनका लागि स्काउट

हरि गुरुङ, ५ असार, मधुवन (बर्दिया) । बर्दियाको मधुवन नगरपालिका वडा नम्बर ३ मा अवस्थित  श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय धनौरामा ७४ औं स्काउट दिवस मनाईएको छ । दिवसकै अवसरमा र्याली, वृक्षारोपण तथा वक्तृत्कला प्रतियोगिता गरिएको छ ।

हरेक वर्ष असार ५ गते स्काउटको स्थापना दिवस नेपालभरी मनाईने गरिन्छ । यसबर्ष स्काउट शिक्षा आजको आवश्यकता भन्ने मुल नारा सहित दिवस मनाईएको हो । नेपालमा नेपाल स्काउटको विक्रम सम्वत २००९ साल असार ५ स्थापना भएको थियो । स्काउटमा चार वटा समुह छुट्याएको छ । विद्यालय स्तरबाट ६ वर्षदेखि ११ वर्षमुनिका कब ब्राउनी, ११ वर्षदेखी १६ वर्ष मुनिका ब्याइज र गल्र्स स्काउट, १६ वर्षदेखि २१ वर्षसम्म भेन्चर र  २२ वर्षदेखि २५ वर्षका रोभर रेन्जर भनी छुट्याएको छ ।

पहिलो पटक सन् १९०७ अगस्ट १ मा वेलायती नागरिक लर्ड वेडेन पावेलले २० जना कुलतमा फसेका र अन्य जातजातिका युवा युवतीहरुलाई लिएर स्काउट शुरूवात गरेका थिए । बालबालिका तथा  युवा युवतीहरुको शारीरिक, मानसिक, बौद्धिक, संवेगात्मक र आत्माध्मिक पक्षको विकास गर्नाले मानवको अस्तित्व कायम हुन्छ भन्ने उदेश्यका साथ हरेक वर्ष आजको दिन यो दिवस मनाउदै आइएको छ । हरेक विद्यालयमा एक विद्यालय एक स्काउट शिक्षक बनाउन अत्यन्त जरुरी रहेको छ ।

स्काउटले बालबालिकाहरुमा शारीरिक, मानसिक, सामाजिक, संम्वेगात्मक र आध्यात्मिक पांचै वटा पक्षको विकासका साथै असल मानव निर्माण गर्नका लागि स्काउट शिक्षा अनिवार्य रहेको स्काउट शिक्षक बल बहादुर दर्लामीले बताउनु भएको छ । स्काउटले व्यवहारिक र सैद्धान्तिक कुराहरु सिकाउने गर्छ । दर्लामीले भन्नुभयो, संस्कार र संस्कृति बिर्सिदै गइरहेको अवस्थामा स्काउटले ती कुराहरूलाई सिक्न प्रेरित गर्दछ । मुख्य कुरा स्काउटले अनुशासन सिकाउने छात्रा श्रीतिका भट्टराईले बताउनु भएको छ । 

सम्बन्धित समाचार

Facebook Comments