बर्दियाका यातायातकर्मीलाई यातायात मन्त्रालय लुम्बिनी प्रदेशको तालिम
बर्दिया । बर्दिया जिल्लामा रहेर यातायातमा आवद्ध रहेका यातायातकर्मीहरुलाई लुम्बिनी प्रदेश उद्योग पर्यटन तथा यातायात ब्यवस्था मन्त्रालय राप्ती उपत्यका देउखुरी दाङले गुलरियामा एक दिवसीय सचेतनात्मक अभिमुखीकरण गरेको छ । सार्वजनिक सवारी चालकका लागि ट्राफिक प्रहरीसँगको सहकार्यमा सचेतना अभिबृद्धि गरिएको हो ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा ब्यवस्थापन कार्यालय वुटवल रुपन्देही र जिल्ला ट्राफिक कार्यालय बर्दियाको समन्वय तथा उद्योग पर्यटन तथा यातायात ब्यवस्था मन्त्रालय राप्ती उपत्यका लुम्बिनी प्रदेश देउखुरी दाङको आयोजनामा गरिएको सचेतनात्मक अभिमुखीकरणमा सहजीकरणगर्दै बर्दियाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालले चालकको लापरवाहीले द्रुघटना हुने बताउनु भएको छ । उहाँले सवारी साधन चलाउँदा सावधानी पूर्वक ट्राफिक नियमसँगै कानूनको पालना गरेर चलाउन आग्रह गर्नु भएको छ ।
मन्त्रालयका लुम्बिनी प्रदेश सचिव उमेश ढुँगानाले सहजीकरणगर्दै ट्राफिक नियम सबै चालकले जानेको भएपनि पुर्नताजगी गर्न सचेतनात्मक कार्यक्रम आयोजना गरिएको बताउनु भयो । कार्यक्रममा ट्राफिक नियम, संकेतहरु ऐननियम, प्रदेशले तर्जुमा गरेका कार्यविधि लगायतमा यातायातकर्मीका विच छलफल गरिएको थियो । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षक सुधिरराज शाहीले सवारी साधनको अत्याधिक गति लगायत चालक यात्रुको लापरवाही, अपर्याप्त सडक संरचना, राजमार्गका सडकहरुमा सडक बत्ती नहुनु दु्र्रघटनाको प्रमुख कारण रहेको औल्याउनु भयो ।
सडक द्र्रुघटना न्युनिकरण गर्न प्रहरीले सचेतनासँगै सवारी चेकजाँचमा ब्यापकता गरेको बताउनु भएको छ । बजेट अभावमा थप कार्यक्रमहरु गर्न कठिनाई पर्ने गरेको उहाँको भनाई छ । द्र्रुघटना न्युनिकरण गर्नका लागि सबै क्षेत्रबाट सचेतनासँगै सहयोग गर्न अपिल गर्नुभयो । तराईमा शितलहर र हुस्सुका कारण अत्याधिक सडक द्र्रुघटना हुने गरेको स्मरण गराउनु भयो । जिल्ला ट्राफिक कार्यालय बर्दियाका प्रमुख प्रहरी नायव निरिक्षक ओम बहादुर खड्काले सहजीकरणगर्दै बर्दियामा दु्र्रघटनाको अवस्था भयावह रहेको बताउनु भएको छ । लाईसेन्स भएकाले मात्र सवारी चलाउन र लाईसेन्स नभएकालाई सवारी नदिन उहाँले आग्रह गर्नु भएको छ । मन्त्रालयका अधिकृत गणेश घिमिरेले कार्यक्रममा स्वागत मन्तब्य राख्नु भएको थियो ।
२१ °C काठमाडौं
Facebook Comments