• १८ वैशाख २०८३, शुक्रवार
  • २० °C काठमाडौं
आयोजकको दुबै टिम रात्रीकालिन क्रिकेट फाईनलमा 

चुरेकुञ्ज, ३० जेठ, गुलरिया (बर्दिया) । बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ४ स्थित कभर्ड हलको खेलकुद मैदानमा भैरहेको रात्रिकालिन क्रिकेट प्रतिस्पर्धाको शनिवार हुने फाईनल खेलमा आयोजककै दुवै टिम विच प्रतिस्पर्धामा हुने भएको छ । बर्दिया कृष्णसार स्पोर्टस क्लव ए र बर्दिया कृष्णसार स्पोर्टस क्लव बी बिच फाईनल खेल हुनेछ ।

बिहिवार राती बर्दिया कृष्णसार स्पोर्टस क्लव ए र हिमाली स्पोर्टस क्लव बिच भएको दोस्रो खेलमा आयोजक र हिमाली स्पोर्टस क्लवका खेलाडी बिच मध्यरातमा बिवाद चुलिएपछि ब्याटिङ गरिरहेको हिमाली स्पोर्टस क्लवले बिचमै खेल छाड्दा आयोजकले बर्दिया कृष्णसार स्पोर्टस क्लब ए लाई बिजेता घोषित गरेको थियो । पहिलो चरणमा ब्याटिङ गरेको कृष्णसार ए ले ११ दशमलव २ ओभरमा सबै विकेट गुमाएर ७० रन जोड्न सफल भएको थियो ।

दोस्रो चरणमा ब्याटिङमा उत्रिएको हिमाली स्पोर्टस क्लवले ३ विकेटको क्षतीमा जितको लागि २० वलमा ३५ रनको आवस्यकता रहेको बेला एम्पायरले पूर्वाग्रही भएर २ जना खेलाडीलाई लगातार आउट गरेकोभन्दै फिल्डबाट बाहिरिएका थिए । विकास गिरी र रोशन यादव आउट भएपछि एम्पायर र खेलाडी बिच भनाभन भएको थियो । आयोजककै टिम खेली रहँदा आयोजककै एम्पायरहरु राखेर खेल खेलाउनु न्याय सम्मत नभएको हिमाली क्लवका खेलाडीहरुको भनाई थियो ।

हिमाली स्पोर्टस क्लवका खेलाडी बाँकी खेल नखेल्ने भन्दै फिल्डबाट बाहिरीएपछि आयोजकले पटक पटक बोलाउँदा समेत फिल्डमा नआएपछि बर्दिया कृष्णसार स्पोर्टस क्लव ए लाई बिजेता घोषित गरिएको खेल आयोजक समितिका संयोजक रमेश कुमार केसीले बताउनु भएको छ । एजम्पायरको निर्णय सबैले मान्नुपर्छ उहाँहरुले मान्न चाहानु भएन । खेलबाट बाहिर हटाउने आयोजकको कुनै चाहाना नभएको उहाँको भनाई छ । पछि एम्पायर पनि चेन्ज गर्यौ तर खेल्न आउनु भएन । खेल सम्पन्न गर्न धेरै संयमता अपनाएका थियौं । 

फिल्डमै भएका खेलाडीहरुले एक्कासी ढुँगा हान्ने, ब्याड फाल्ने, एम्पायरको निर्णय नमान्ने जस्ता कृयाकलाप गर्नुभयो । हामीले फिल्ड नछाड्न अनुरोध गर्दागर्दैपनि उहाँहरुले खेल छाडिदिनु भयो । विजेता घोषणा गरीसकेपछि फेरी खेल्न आउनु भएको थियो । त्यसपछि अर्को टीमका टाढा टाढाका खेलाडीहरु गैसक्नु भएको थियो । खेल प्रति हामीले कुनै पुर्वाग्रहीता राखेका थिएनौं । क्रिकेटकै विकासको लागि खेल आयोजना गरेका हौं । यसमा सबैको सहयोग अपरिहार्य छ संयोजक केसीले भन्नुभयो । शनिवार राती साढे ७ बजेदेखि हुने फाईनल खेलमा दर्शकको रुपमा सहभागी हुन उहाँले खेलप्रेमीहरुलाई आग्रह गर्नुभएको छ ।

सम्बन्धित समाचार

Facebook Comments