• ९ वैशाख २०८३, बुधवार
  • २४ °C काठमाडौं
बर्दियाको ठाकुरबाबा नगरपालिकामा युवाहरुको भेला 

मुरली गोडिया, ३० जेठ, गुलरिया (बर्दिया) । “युवा नेतृत्व विकास र स्थानीय तहमा युवा सहभागिता : सबैको मानव अधिकारको सुनिश्चितता” भन्ने मुल नाराका साथ बर्दियामा युवा भेला गरिएको छ । गुलरिया मधुवन, बाँसगढी  नगरपालिका र बढैयाताल गांउँपालिकाका ४० जना किशोरकिशोरी युवाहरुको सहभागीतामा भेला गरिएको छ । 

प्लान ईन्टरनेसनल नेपाल र बाँके युनेस्को क्लव सशक्त बालिका परियोजना अन्र्तगत आयोजित कार्यक्रममा युवाहरुको स्थानीय तहमा बस्ती स्तरबाट योजना छनौट प्रकृया, योजना तर्जुमा प्रकृयामा युवाहरुको सहभागिता, भुमिका, युवा लक्षित कार्यक्रमको प्रथामिकता, वातावरण र कार्यढाँचा, उत्तरदायित्व र नीतिगत व्यवस्था प्रभावकारी कार्यान्वयनका लागि क्षमताअभिबृद्धि लगायतका सवालमा छलफल भएको छ । भेलाबाट लोकतान्त्रीक मान्यतामा आधारित संघीय संविधानले प्रत्याभुत गरेको सबैको अधिकारको संरक्षण र सम्वद्र्धन एवम सशक्तिकरणको उद्देश्यलाई केन्द्रमा राखेर युवाको हक, अधिकारको सुनिश्चितता गर्ने प्रतिवद्धता जाहेर गरिएको छ । 

नेपालको संविधान, राष्ट्रिय युवा नीति २०७२ तथा युथ भिजन २०२५ लाई आत्मसाथ गर्दै बर्दिया जिल्लाका चार पालिकाका युवाहरु स्थानीय सरकार, नागरिक समाज र सरोकारवालाको वृहत परामर्श भएको थियो । भेलामा नेपालको संविधान तथा राष्ट्रिय युवा नीति २०७२ अनुरुपका प्रतिवद्धता कार्यान्वयन गर्न मधुवन नगरपालिकाका नगर प्रमुख तेज बहादुर भाट, गुलरिया नगर उपप्रमुख साबित्रा गौतम, मधुवन नपा वार्ड नं ८ का अध्यक्ष मेख बहादुर गुरुङ्ग, गुलरिया नगरपालिका योजना विकास अधिकृत मुकुन्द अर्यालको सहभागीता थियो ।  

युवाहरुले युवाको क्षेत्रमा विगतमा गरिएको कार्य, कार्यक्रमहरु, बजेट विनियोजन, वस्ती स्तरमा योजना छनौट प्रकृयमा युवाको सहभागिता, युवाहरुको मागकाृे सम्बोधन, युवा लक्षित भएर कार्य गर्नका लागि युवाहरुले जोडदार आवाज उठाउदै स्थानीय सरकारको ध्यानकार्षका लागि बुँदागत रुपमा विभिन्न माग र कार्यक्रमहरुलाई प्राथामिकता दिई कार्य संचालन गर्न स्थानीय सरकार तथा सरोकारवालालाई आह्वान गरेका छन् । कार्यक्रमको सहजीकरण बाँके युनेस्को क्लवका उप निर्देसक गोबिन्द प्रसाद लामिछाने तथा प्रकाश उपाध्यायले गर्नु भएको थियो । 

युवा भेलामा सहभागि स्वस्तिका खड्का, राज सिंह थारु, मनिषा थारु, पुजा थारुले युवा लक्षित गरी विनीयोजित बजेट बाटो सडकमा खर्च नगरी युवाको शिक्षा विकास, क्षमता विकास, उद्यमशिलता विकास, प्राविधिक शिक्षा, आयआर्जनका लागि सिप तालिममा जोड दिई अगाडी बढन स्थानीय सरकार प्रमुखहरुको ध्यानकार्षण गराउदै स्थानीय सरकार प्रमुखलाई आफ्ना मागहरु वीच उपस्थित युवाहरुले हस्ताक्षर गरी ज्ञापनपत्र प्रदान गरेका छन् । स्थानीय सरकार प्रमुखले गम्भिरताका साथ सम्बोधन गर्दै आगामी दिनमा ती मागहरुलाई प्राथामिकता दिने र यस वर्षको नीति तथा कार्यक्रममा आफ्ना मागहरु प्रकृयागत रुपमा पेश गर्न आव्हानगर्दै प्रतिवद्धतासहित युवा भेला सम्पन्न भएको बाँके युनेस्को क्लवका उप निर्देसक गोबिन्द प्रसाद लामिछानले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

Facebook Comments