राजापुरसँग जोडिएको भारतीय सीमावर्ती क्षेत्र निरीक्षण
केशव कोईराला, २२ जेठ, राजापुर (बर्दिया) । बर्दियाको राजापुर नगरपालिका अन्तर्गत भारतीय सिमासँग जोडिएको क्षेत्रको स्थलगत निरीक्षण गरिएको छ । सीमावर्र्ती क्षेत्रमा हुने दैनिक गतिविधिहरू, सुरक्षाको अवस्था, स्थानीय बासिन्दाहरूका समस्याहरूको प्रत्यक्ष जानकारी लिने उदेश्यले निरीक्षण गरिएको बताईएको छ ।
नगर प्रमुख दिपेश थारुले सीमावर्र्ती क्षेत्रमा सुरक्षाको संवेदनशीलता उच्च भएकोले सम्बन्धित निकायहरू बीच समन्वयगर्दै प्रभावकारी निगरानी र आवश्यक पूर्वाधार निर्माणमा जोड दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रमुख प्रशासकीय अधिकृत दशरथ बुढाले सीमा क्षेत्रमा प्रशासन, सुरक्षा निकाय र स्थानीय तहको सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो ।
सुरक्षा निकायका प्रतिनिधिहरूले सीमामा भइरहेका गतिविधि, आवतजावत र सुरक्षा चुनौतीबारे टोलीलाई जानकारी गराएका थिए । स्थानीय जनप्रतिनिधिहरूले सीमावर्र्ती वडामा पर्ने समस्याहरू समाधानका लागि दीर्घकालीन योजना आवश्यक रहेको औल्याएका छन् । निरीक्षणले सीमा सुरक्षासँगै विकास र समृद्धिका सम्भावनाहरू पहिचान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
राजापुर नगरपालिका प्रमुख दिपेश थारु, प्रमुख प्रशासकीय अधिकृत दशरथ बुढा, ईलाका प्रहरी कार्यालय राजापुरका प्रमुख कबिन्द्र सिंह बोहरा, सशस्त्र प्रहरी बल राजापुरका प्रमुख राजेन्द्र कुँवर, वडा अध्यक्षहरु लगायतको टोलीले सीमाक्षेत्र निरीक्षण गरेका हुन् ।
२४ °C काठमाडौं
Facebook Comments