जनता मावि बाँसगढीको अभिभावक भेलासँगै पक्की भवन उद्घाटन
विन्दु चौधरी, २१ जेठ, बाँसगढी (बर्दिया) । जनता माध्यमिक विद्यालय बाँसगढी–२ बनमुडनामा बृहत अभिभावक भेलागर्दै आठ कोठे पक्की भवनको समुद्घाटन तथा सार्वजनिक सुनुवाई समेत गरिएको छ । विद्यालय व्यवस्थापन समितिका कार्यबहाक अध्यक्ष देवनन्दन थारुको सभाध्यक्षता र बाँसगढी नगरप्रमुख खड्क बहादुर खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ ।
विद्यालयका प्रधानाध्यापक भेषराज गैरेले कार्यक्रम मार्फत शैक्षिक प्रगति, आगामी योजना र आर्थिक वर्ष २०८१/८२ को बैशाखसम्मको ८९ लाख ९४ हजार ७ सय ६५ रुपैयाँ बराबरको आय–व्यय विवरण सार्वजनिक गर्नुभयो । विद्यालयले पाँच वर्षे कार्ययोजना अनुसार आगामी वर्ष ७ सय विद्यार्र्थी पु¥याउने, कक्षा ६ देखि अंग्रेजी माध्यममा पढाइ सुरु गर्ने योजना सार्वजनिक गरेको छ । प्रधानाध्यपक गैरेले विद्यालयलाई यस क्षेत्रकै नमुना विद्यालय बनाउने आफ्नो योजना रहेको बताउदै ‘एक कक्षा एक प्रतिभा’ कार्यक्रम सञ्चालन तथा एईई कोचिङ कक्षा सञ्चालन भैरहको जानकारी दिनुभयो ।
विद्यालयमा हाल नर्सरीदेखि कक्षा १० सम्म पढाइ हुँदै आएको छ । विद्यालयमा ५ सय ७१ जना विद्यार्र्थी अध्ययनरत छन् । जसमा २२ जना शिक्षक तथा कर्मचारी कार्यरत रहनु भएको छ । विद्यालयले दैनिक पाँच मिनेट आचरण, अनुशासन र ज्ञान सम्बन्धी संवाद, प्रत्येक तीन–तीन महिनामा अभिभावक भेला तथा समुदायसँग शिक्षक संवाद कार्यक्रम सञ्चालन गर्दै आएको प्रधानाध्यपक गैरेले बताउनुभयो ।
विद्यालयले पूर्व प्रधानाध्यापक, पूर्व व्यवस्थापन समिति अध्यक्ष, उत्कृष्ट शिक्षक, विद्यार्थी र अभिभावकहरूलाई सम्मान गरेको थियो । साथै, विद्यार्र्थीहरूद्वारा आकर्षक सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । राधाकृष्ण थारु जनसेवा केन्द्र बर्दियाले विद्यार्र्थीहरूलाई स्कुल पोशाक तथा स्टेशनरी सहयोग गरेको छ । केन्द्रको सहयोगमा आगामी आर्थिक वर्षमा बालउद्यान निर्माण गरिने जनाइएको छ ।
विद्यालयको ८ विघा २ कठ्ठा १५ धुर दर्ता जग्गासहित २ विघा २ कठ्ठा १० धुर दर्ता नभएको जग्गा रहेको विद्यालयले जनाएको छ । कार्यक्रमा प्रमुख अथिति नगर प्रमुख खड्काले विद्यालयक भौतिक पुर्वाधार तथा गुणस्तरीय शिक्षाका लागि नगर पालिकाबाट निरन्तर सहयोग रहेको बताउनुभयो । कार्यक्रमा बाँसगढी नगरपालिका शिक्षा शाखा प्रमुख मनप्रसाद रेग्मी, राजनितिक दलका प्रमुख प्रतिनिधि, संघ संस्थाहरुका प्रमुख तथा प्रतिनिधि, अभिभावक, शिक्षक, विद्यार्र्थी लगाएतको उल्लेखनीय सहभागिता थियो ।
२२ °C काठमाडौं
Facebook Comments