बर्दियाको गुलरिया स्थित बालापुर क्षेत्रको आक्रामक चितुवा नियन्त्रण
केशव कोईराला, २१ जेठ, बर्दिया । बर्दियाको गुलरिया नगरपालीका वडा नम्बर ५ स्थित बालापुर आसपासमा त्रसित बनाएको चितुवा बुधवार विहान नियन्त्रणमा लिइएको छ । डिभिजन वन कार्यालय बर्दिया, बर्दिया राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृती संरक्षण कोष बर्दिया, जिल्ला स्थित सुरक्षाकर्मी, स्थानियवासी लगायत सरोकारवाला निकायको संयुक्त प्रयासमा चितुवा पासोमा पारी चितुवा नियन्त्रणमा लिईएको हो ।
बिहान करिव साढे ४ बजेको समयमा चितुवा केजमा फसेर नियन्त्रणमा आएको डिभिजन वन कार्यालय बर्दियाका सिनियर डिभिजनल वन अधिकृत विजयराज सुवेदीले बताउनुभयो । गुलरिया नगरपालिका–५ बालापुरकी सायरा चौधरीलाई जेठ १४ गते चितुवाले आक्रमणगरी मृत्यु भएपछि स्थानियहरुले जिल्ला प्रशासनलाई खबरदारी गर्दै आएका थिए ।
स्थानिय दबाबले चितुवा नियन्त्रणमा लिन आग्रह गरेपछि सम्बन्धित निकायको सकृयता रहदै आएकोमा डिभिजन वन कार्यालयले राखेको केजमा चितुवा नियन्त्रणमा आएको हो । रातदिनको प्रयास पछि हाल नियन्त्रणमा आएको चितुवालाई बर्दिया जिल्ला भन्दा बाहिर छोड्ने तैयारी रहेको समेत अधिकृत सुवेदीले जानकारी दिनुभयो । गुलरियामा एक महिना यता चितुवाको आक्रमणबाट २ जनाको मृत्यु भैसकेको छ ।
२२ °C काठमाडौं
Facebook Comments