• ९ वैशाख २०८३, बुधवार
  • २२ °C काठमाडौं
बर्दियामा संचालित योग शिविरमा प्रमुख जिल्ला अधिकारीको साधना

यादव आचार्य, १८ जेठ, बर्दिया (गुलरिया) । पतञ्जली योग समिति गुलरियाको आयोजनामा बर्दियाको गुलरियामा संचालित ५ दिने योग विज्ञान शिविरमा बर्दियाका प्रमुख जिल्ला अधिकारी, गुलरिया नगरपालिकाका उपप्रमुख, सुरक्षा समितिका पदाधिकारी लगायत स्थानियहरु योग अभ्याससँगै साधनामा जुटेका छन् । पतञ्जली योगपिठ नेपालका केन्द्रिय प्रभारी लवदेव मिश्र मुख्य प्रशिक्षक रहेको शिविरमा जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, विद्यार्थी तथा जिल्लाका विभिन्न पालिकाहरुमा रहेका योग समितिका ब्यक्तित्वहरु योगाभ्यासमा सहभागी छन् ।

समाजमा मानविय ब्यवहार, विचार र बाणीले अपराध निम्ताउने भएकाले योगलाई जनजनमा पुर्याउन सके अपराध नियन्त्रणमा सहज हुने बर्दियाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताईन् । योग गर्नाले तनाव घट्ने भएकाले अपराध पनि घटाउने उनको विस्वास छ । राष्ट्रसेवक कर्मचारी एवम् सुरक्षाकर्मीहरु जनताको काममा खटिनु पर्ने भएकाले योगमा जोडिन सके मानसिक तथा शारिरिक दुवै स्वास्थ्य तन्दुरुस्ती राख्न मद्दत पुग्ने प्रष्ट्याउँदै समुदाय तथा कर्मचारीहरुलाई योग शिविरमा सहभागी भई लाभ लिन अनुरोध गरिन् ।

योगाभ्यासले एकातिर मानसिक स्वास्थ्य अर्कोतिर शारिरिक स्वास्थ्य प्रदान गर्ने भएकाले मानव जीवनमा योग महत्वपूर्ण रहने पतञ्जली योगपिठ नेपालका केन्द्रिय प्रभारी एवम् योगका मुख्य प्रशिक्षक लवदेव मिश्रले बताए । योग मानसिक स्वास्थ्य, विचार र दृष्टिकोणसँग सम्वन्धित रहेकोले यसले मानिसमा सकारात्मक दृष्टिकोणलाई उर्जावान बनाउने भएकाले त्यसको प्रभाव समाज सम्म पुगी सामाजिक बातावरण समेत स्वस्थ राख्न मद्दत पुग्ने प्रष्ट्याए ।

गुलरिया नगरपालिकाकी उपप्रमुख सावित्रा गौतमले ५ दिन सम्म गरिएको योगाभ्यासलाई निरन्तरता दिनुपर्ने बताउँदै योगका माध्यमबाट एक दिनमै मानसिक तथा शारिरिक स्वास्थ्य परिवर्तन महशुस भएको बताईन् । शुक्रवारबाट शुरु भएको योग विज्ञान शिविर मंगलवार सम्म चल्ने पतंजली योग समिति गुलरियाकी नगर अध्यक्ष युग श्रेष्ठले बताईन् । शिविर संचालनको लागि गुलरिया नगरपालिका वडा नम्बर ५, ६ र ८ ले सहयोगसँगै सहकार्य गरेका छन् । गुलरिया नगरपालिकाको नगर भवनमा विहान साढे ४ बजेदेखि साढे ६ बजे सम्म योग शिविर भैरहेको छ ।

सम्बन्धित समाचार

Facebook Comments