जेठ १६ गतेबाट गुलरियाको नगरभवनमा बृहत योग विज्ञान शिविर गरिँदै
चुरेकुञ्ज, १३ जेठ, बर्दिया । बर्दियाको सदरमुकाम गुलरियामा गरौं योग, रहौं निरोग भनने मूल नारासहित योग विज्ञान शिविर गरिने भएको छ । पतञ्जली योग समिति गुलरियाको आयोजना तथा गुलरिया नगरपालिका वडा नम्बर ५, ६ र ८ को सहकार्यमा निःशुल्क बृहत योग विज्ञान शिविर गरिन लागिएको हो ।
पतञ्जली योग पिठ नेपालका मुख्य केन्द्रिय प्रभारी लवदेव मिश्रको प्रमुख सहजीकरणमा योग शिविर हुने महिला पतञ्जली योग समिति बर्दियाकी संगठन मन्त्री शिवु उपाध्यायले जानकारी दिनु भएको छ । जेठ १६ गते विहान ४ः३० बजेदेखि ६ः३० बजेसम्म गुलरियाको नगर भवन (टाउन हल) मा शुरु हुने शिविर २० गते सम्म संचालन हुनेछ । शिविरमा स्थानिय, विद्यार्थी, शिक्षक, ब्यापारी, कर्मचारी लगायत ईच्छुक सबै समुदायहरुले योग गर्न सक्ने उहाँले बताउनु भयो ।
योगको महत्व बढीरहेका बेला आयोजना गरिएको बृहत योग शिविरबाट अधिकांश नगरवासीहरुले लाभ लिन सक्ने आँकलन गरिएको छ । मन्त्री उपाध्यायले सम्पूर्ण नगरवासीहरुलाई योग शिविरमा सहभागी हुन हार्दिक निमन्त्रणसँगै आग्रह समेत गर्नु भएको छ । शिविर सम्पन्न गर्नका लागि भुमिराज लामिछानेको संयोजकत्वमा समिति निर्माण गरिएको छ । त्यस्तै विभिन्न उपसमितिहरु पनि निर्माण गरिएको उहाँले जानकारी दिनु भयो ।
जसअनुसार आर्थिक संकलन समितिको संयोजकमा रमा लम्साल, सदस्यहरु माया पौडेल, लक्ष्मी कंडेल, पदमा लम्साल, शिवु उपाध्याय, दिपक ढुँगाना (देवीदास), आदर्श शर्मा, ईन्दिरा सुवेदी, केशव रिजाल, युग श्रेष्ठ, सन्तोष बैश्य, लोकमणी पौडेल, हरिकला कंडेल र डिल्लीराज ज्ञवाली रहनु भएको छ । टेन्ट ब्यवस्थापन समितिको संयोजक सन्तोष कुमार वैश्य, सदस्यहरु राजेन्द्र गौतम र दिवाकर लामिछाने रहनु भएको छ । मञ्च ब्यवस्थापन समितिको संयोजक शान्ता सिंह क्षेत्री, सदस्य ईन्द्रा राई र शोभा न्यौपाने रहेको बताउनु भयो ।
प्रचारप्रसार समितिको संयोजकमा यादवप्रसाद आचार्य, सदस्यहरु दुर्गा रावल, प्रतिक्षा सिग्देल, रेनुका ढुँगाना, विना श्रेष्ठ, चुरेकुञ्ज र मिरा पौडेल रहनु भएको छ । त्यस्तै हवन ब्यवस्थापन समितिको संयोजकमा अनुजा रिजाल सदस्यहरुमा रेनुका गौतम, यशोदा ज्ञवाली, चन्द्रा रेग्मी र खुमा पोख्रेल हुनुहुन्छ । प्रसाद वितरण समितिको संयोजकमा विमला पराजुली, सदस्यहरु सीता लामिछाने र लक्ष्मी गौतम, पानी ब्यवस्थापन संयोजक ज्ञानु पुलामी सदस्यहरु रविना श्रेष्ठ, बालकुमारी श्रेष्ठ रहनु भएको छ ।
गुरु ब्यवस्थापन संयोजक कृष्णादेवी चौधरी, सदस्यहरु रुपरानी तमौली र पाटन गोडिया, कार्यक्रम संचालन संयोजक भुमिराज लामिछाने सदस्य शारदा ज्ञवाली रहनु भएको छ । फोहर ब्यवस्थापन समितिको संयोजकमा कल्पना खड्का, सदस्यहरु मिना पोख्रेल र उषा खड्का, दिपप्रज्जलन समितिको संयोजक लक्ष्मी ज्ञवाली सदस्यहरु लक्ष्मी कंडेल र युग श्रेष्ठ अतिथी सत्कार संयोजक लक्ष्मी कंडेल सदस्य विष्णु आचार्य तथा ब्यानर ब्यवस्थापन समितिको संयोजक यादव आचार्य सदस्यहरु आदर्श शर्मा र विजया शर्मा रहनु भएको छ ।
२२ °C काठमाडौं
Facebook Comments