• ९ वैशाख २०८३, बुधवार
  • २२ °C काठमाडौं
पानीको समस्या समाधान गर्न कतै सुनुवाई नभएपछि  जैविक बाँध निर्माणमा आफै जुटे किसान

विष्णु अधिकारी, ११ जेठ, बर्दिया । जिल्लाको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकालाई धान उत्पादनका लागि उर्वरभूमि भनेर राज्यले घोषणा गरेपनि बर्षौ देखि त्यहाँका किसान सिंचाई असुविधाका कारण समस्यामा परेका छन् । गेरुवा गाउँपालिकाको ओखरिया इन्टेक देखि उत्तर कर्णाली नदीमा स्थानीय साधन स्रोतको प्रयोग गरि बर्षे धान खेतीमा पानि अभाव टार्न किसानहरु आफै अग्रसर भएका छन् । 

कर्णाली नदीबाट बग्नेपानी बर्दियाको बुढिकुलो नहर तर्फ कम बहाव हुँदा किसानको खेतमा साना ठुला कुलोबाट पानी नपुगेपछि उनीहरु स्वतःस्फुर्त रुपमा जैविक बाध निर्माण गरि बुढी कुलोतर्फ पानी फर्काउन जुटेका छन् । तराईको चर्को गर्मी नभनी हजारांको सख्यामा किसानहरु बर्खे धानको ब्याड राख्ने बेलामा पानी फर्काउन जुटेका हुन । कर्णाली नदीमा जथाभावी रुपमा नदिजन्य पदार्थ निकाल्ने क्रममा नदिले कैलाली तर्फ आफ्नो बहाव बढाउँदा बर्दिया तर्फको भागमा पानी कम भएपछि चैते धान समेत सुक्न थालेको छ । 

मानो रोपेर मुरी उब्जनी गर्ने समयमा किसानको खेतमा पानी नहुँदा धानको विउ राख्ने समयमा पानीको अभाव भएपछि कर्णाली नदिको पानिलाई बुढि कुलोमा फर्काउन अस्थायी जैविक बाध निर्माण गर्न जुटेको किसानहरु बताँउछन । प्रत्येक बर्ष यो समस्याको राज्यबाट कुनै पहल नहुँदा यो समस्या बर्षौ विति सक्दा पनि समाधान हुन सकेको छैन । कृषि प्रदान देश भनेर नारा लगाउन नथाक्ने सरकार कृषकहरुलाई मल विउ र पानिको समयमा ब्यवस्था गर्न नसक्दा खाद्य संङ्कट पर्न सक्ने थप चिन्ता थपिएको छ । 

राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका करिब ५ हजार किसानहरु र पानी खेतसम्म पु¥याउन सयौंको संख्यामा किसानहरुले आफ्नो ट्रयाक्टर प्रयोग गरि स्याउला तथा रुखका हाँगा प्रयोग गरि अस्थायी जैविक बाध निर्माण गरेका छन् । बुढिकुलो अन्तर्गत त्यस क्षेत्रको सिचाई हुने  करिब १० हजार ५ सय हेक्टर क्षेत्रफलमा पानीको अभाव देखिएको छ । गेरुवा गाउँपालिका वडा नं. १ का किसान दयाराम वैधले जेठको दोस्रो साता सुरु भैसकेको समयमा बुढिकुलामा पानिको बहाव निकै कम भएको हुँदा धानको विउराख्ने समयमा पानीको अभाव भएकोले परम्परागत तरिकाले जैविक बाध निर्माण गरि पानी फर्काउन लागेको बताउनु भयो । 

वैधले सरोकारवाला निकाय समक्ष पटक पटक समस्या समाधानका लागि विन्तिपत्र चढाउँदा पनि राज्यबाट समस्या समाधानका लागि कुनै पहल नभएकोमा दुःखेसो पोख्नु भयो । यसैगरि चारगाउँ शाखा नहर जल उपभोक्ता समिति गेरुवा गाउँपाकिा वडा नं. ५ बन्जरियाका सचिव अरुण चौधरीले किसानलाई चाहिने जति पानिको अभाव भएपछि त्यस क्षेत्रका प्रत्येक घरबाट १ जना नहरमा पानी फर्काउन आएको बताउँनु हुन्छ । 

अन्नको भण्डार मानिने राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाको किसानको समस्या प्रति राज्य उदासिन भएकोमा उहाँले रोष प्रकट गर्नु भएको छ । चौधरीले कृषि प्रदान देशका किसानको समस्या समाधान गर्न नसक्ने सरकारबाट अरु के आशा गर्ने भनी चिन्ता ब्यक्त गर्नुभयो । सरकारबाट पानी फर्काउने विषयमा स्थायी समाधान नगरी झारा टार्ने काम गरेका कारण हरेक बर्ष खेतीपातीको समयमा किसानहरु समस्यामा पर्ने गरेको स्थानीय किसानहरु बताउँछन् । किसानहरुले सरकारसँग यस्को दिर्घकालिन समस्या समाधानका लागि आग्रह गरेका छन् । 

सम्बन्धित समाचार

Facebook Comments