बर्दियामा मोटरसाइकल एकआपसमा ठोक्किँदा २ जनाको मृत्यु, १ घाइते
केशव कोईराला, ११ जेठ, बर्दिया । बर्दिया जिल्लाको हुलाकी राजमार्ग अन्तर्गत राजापुर–गुलरिया सडकखण्डमा शनिबार राति भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुलरिया नगरपालिका वडा नम्बर २ का देवानन्द यादब र मधुबन नगरपालिका निवासी टंक बहादुर बिसि रहेका छ्न् । गुलरिया –२ का अनुपम यादव घाईते छन ।
हुलाकी सडक खण्डमा भे १३ प २६६९ र भे ६ प ५४१ नम्बरको मोटरसाईकल मधुवन स्थित लालसिंग चोकमा शनिवार राती ठोक्किएर र्दुघटना भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका डीएसपी चक्रबहादुर डमरपालले जानकारी दिनुभयो । घाईतेको नेपालगन्जमा उपचार भैरहेको छ । उनिहरुले चलाइरहेको मोटरसाइकल मधुबन नगरपालिका–८ स्थित लालसिंह चोक नजिक एकआपसमा ठोक्किँदा तिनै जना गम्भीर घाइते भएका थिए ।
२ जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । घटनापछि स्थानीय प्रहरी टोलीले तत्काल उद्धार गरी घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल पठाइएको थियो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सडकमा तीव्र गति र लापरवाहीका दुर्घटना बढ्ने भएकाले सुरक्षित तवरले सवारी साधन प्रयोग गर्न डीएसपी डमरपालले सबैलाई आग्रह गर्नुभएको छ ।
२२ °C काठमाडौं
Facebook Comments