ठाकुरबाबामा घरमाथी रुख ढल्दा २ जना बालक घाईते
केशव कोईराला, १० जेठ, बर्दिया । शनिबार दिउँसो आएको हावाहुरीले बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका–३, नेउलापुर गाउँमा ठूलो क्षति पु¥याएको छ । घर नजिकै रहेको सालको रुख ढल्दा रामकुमार थारुको घर क्षतिग्रस्त भएको छ ।
उक्त घरमा रहेका रामकुमारका दुई छोरा—५ वर्षीय आदित्य थारु र १० वर्षीय अमित थारु—घाइते भएका छन् । घाइतेमध्ये गम्भीर अवस्थामा रहेका साना छोरा आदित्यलाई थप उपचारका लागि नेपालगन्ज लगिएको स्थानीय समाजसेवी अर्जुन शर्माले जानकारी दिनु भएको छ । स्थानीयवासीका अनुसार शनिबार दिउँसो अचानक आएको आँधीहुरीले गाउँका अन्य स्थानहरूमा पनि साना तिना क्षति पु¥याएको छ ।
२२ °C काठमाडौं
Facebook Comments