• ९ वैशाख २०८३, बुधवार
  • २२ °C काठमाडौं
स्वर्गिय कुबेर नाथ योगीको स्मृतिमा विद्यालयमा अक्षयकोष 

हरि गुरुङ, २ जेठ, मधुवन (बर्दिया) । बर्दियाको मधुवन नगरपालिका वडा नम्बर ३ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय धनौरामा अक्षयकोष स्थापना गरिएको छ । विद्यालय स्थापना कालका सहयोगी स्वर्गिय कुबेर नाथ योगीको स्मृतिमा अक्षयकोष स्थापना गरिएको हो ।

स्थापित स्मृति अक्षयकोषको ब्याजबाट आउने रकमले सोहि विद्यालयमा अध्यनरत अतिविपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई प्रत्येक बर्ष छात्रवृत्ति दिने सुरेश राज योगीले जानकारी दिनु भएको छ । अक्षयकोषलाई बढाउदै लैजाने उहाँले बताउनु भयो । कुबेर नाथ योगी स्मृति अक्षयकोषको रकम २ लाख ३६ हजार १ सय १ रुपैयाँ रहेको छ । नेपाल बैंक लिमिटेड सानोश्री बर्दिया शाखामा खाता खोलेर रकम जम्मा गरिएको छ । 

स्वर्गीय कुबेर नाथ योगीले नेपाल राष्ट्रिय माध्यमिक विद्यालय स्थापना कालमा धेरै सराहनीय कार्य गरेको हुनाले विद्यालय आजको स्थितीमा पुगेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय धनौराका प्रधानाध्यापक चन्द्रबहादुर खत्रीले बताउनु भएको छ । विद्यालय परिवार, स्थानीय लगायत स्थायिनहरुको सहयोगको स्मरणगर्दै प्रअ खत्रीले अक्षयकोष संस्थापक योगी परिवारलाई धेरै धेरै धन्यवाद दिनु भयो ।  

सम्बन्धित समाचार

Facebook Comments