परिवार वा समुहमा बोल्न नसके किशोरीहरु म कहाँ आउनु : प्रजिअ शर्मा
मुरली गोडिया, १६ बैशाख, बर्दिया । बर्दिया जिल्लाले महिला प्रमुख जिल्ला अधिकारी पाएपछि नागरिकले सेवाको पहुँच सङ्गै अन्य कुरामा समेत सहजता महशुस गरेका छन् । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले महिलाहरु खुलेर समाजको नेतृत्व लिन आवश्यक रहेको बताउनु भएको छ ।
बिशेश गरि किशोरीहरु आफ्ना कुरा प्रष्ट रुपमा राख्न र अधिकार प्राप्तिको लागि चनाखो हुनुपर्ने बताउनु भयो । महिलाहरुलाई विभिन्न बहानामा बिदेश लग्ने र अलपत्र पार्ने बेचबिखन गर्ने प्रवृत्ति रहेको भन्दै सजक रहन आग्रह गर्नुभयो । मंगलबार गुलरियामा शान्ति पुनस्र्थापना गृहले आयोजना गरेको एक कार्यक्रममा प्रजिअ शर्माले किशोरीहरुले परिवार तथा समुहमा बोल्न गाह्र्रो लागे आफु कहाँ आउन आग्रह गर्नुभयो । कुनै पनि आफुलाइ भन्न मन लागेको कुरा वा सामाजिक समस्या बारे अरुको अगाडी बोल्न गार्हो लागेमा आफ्नो कार्यालयमा आइ भन्न अनुरोध गर्नुभयो ।
कार्यक्रममा प्रजिअ शार्माले किशोरीहरुलाइ महिला नेतृत्व, बालबिवाह र मानव बेचबिखन बिरुद्धको सचेतना कार्यक्रम अन्तर्गत मानव बेचबिखन र बालबिवाह न्यूनीकरणका लागि माननिय सङ्ग किशोरी कार्यक्रममा विविध बिषयमा अभिमुखीकरन गराउनु भएको थियो । लुम्बिनी प्रदेश सभा सदस्य मालती सोडारिको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सशस्त्र प्रहरी प्रमुख मान बहादुर शाहीले प्रहरीलाइ हेरेर डराउने गरेको भन्दै कसैले पनि प्रहरीहरुलाइ देख्दैमा डरमान्नु न पर्ने बताउनु भयो । प्रहरी सङ्ग सम्बन्धित बिषय भए सुचना दिन आग्रह समेत गर्नु भयो ।
माननीय सङ्ग किशोरी कार्यक्रममा किशोरीहरुले मानव बेचबिखन, बालबिवाह मुक्त वडा घोषणाको दिगोपना, समाजिक सन्जाल मार्फत महिलामाथी हुने गरेको दुव्र्यवहार लगायतका विषयमा सवाल गरेका थिए । उठेका सवालको लुम्बिनी प्रदेश सभा सदस्य मालती सोडारीले जवाफ दिई प्रष्ट पार्नु भएको थियो । गुलरिया नगरपालिकाकी नगर उपप्रमुख साबित्रा गौतम, शान्ती पुनस्र्थापना गृहकी प्रमुख सपना शर्मा, गुलरिया नगरपालिकाका वरिष्ठ शाखा अधिकृत मुकुन्द सुवेदी लगायतको सहभागीता रहेको कार्यक्रममा करिब ६० जना किशोरीहरुको सहभागीता थियो ।
२० °C काठमाडौं
Facebook Comments