• ९ वैशाख २०८३, बुधवार
  • २० °C काठमाडौं
पूर्वमन्त्री चौधरीले सेवाग्राहीबाट लिएको रकम ‘घुस नभई ऋण’ भएको दाबीगर्दै फिर्ता गरे 

केशव कोईराला, १४ बैशाख, बर्दिया । लुम्बिनी प्रदेशका पूर्व भौतिक पूर्वाधार मन्त्री धर्म बहादुर चौधरीमाथि लगाइएको घुस सम्बन्धी आरोपलाई झुटो र कपोकल्पित भएको दाबी गरिएको छ । गजेन्द्र साउदले आफूहरूबीच पुरानो लेनदेनलाई आधार बनाई चौधरीमाथि लगाइएको आरोप राजनीतिक प्रेरणाले गरिएको भन्दै आपत्ति जनाएका छन् ।

मिडियाहरुमा प्रकाशित समाचारमा चौधरीमाथि घुस मागेको आरोप लगाइएपछि उनले त्यसको खण्डन गरेका हुन् । साउदले सार्वजनिक रूपमा जारी गरेको विज्ञप्तिमा उक्त घटनालाई व्यक्तिगत विषयबाट राजनीतिक रंग दिइएको र चौधरीको इमान, प्रतिष्ठा तथा चरित्रमाथि आक्रमण गर्न खोजिएको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, “हामीबीचको लेनदेन पुरानै हो, तर अहिले त्यसलाई राजनीतिकरण गरेर पूर्वमन्त्रीको सामाजिक छविमा आँच ल्याउने प्रयास भइरहेको छ ।” साउदले घटनाको सत्य तथ्यमा आधारित अनुसन्धान हुनुपर्ने मागगर्दै, बिना प्रमाणको आरोपबाट कसैको सामाजिक प्रतिष्ठामा आँच आउन नदिन सबैलाई सतर्क रहन आग्रह गरेका छन् ।

सम्बन्धित समाचार

Facebook Comments