पूर्व प्रहरी संगठन बर्दियाको अध्यक्षमा बस्नेत सर्बसम्मत
मुरली गोडिया, १२ बैशाख, गुलरिया (बर्दिया) । नेपाल पुर्व प्रहरी संगठन जिल्ला कार्यसमिति बर्दियाको दोस्रो जिल्ला सम्मेलन तथा तेस्रो जिल्ला अधिवेशन गुलरियामा गरिएको छ । संगठनका केन्द्रिय सदस्य धर्मराज सुनारको प्रमुख आतिथ्यमा शुक्रवार उद्घाटन गरिएको छ ।
अधिवेशनले गौरीशंकर बस्नेतको अध्यक्षतामा ८ जनाको नयाँ कार्य समिती सर्वसम्मत चयन गरिएको छ । जिल्ला अध्यक्ष टंक बहादुर थापाको अध्यक्षमा सुरु भएको खुल्ला सत्रमा बोल्दै प्रमुख अतिथि सुनारले पुर्व प्रहरीहरु सेवाका लागि वर्दी मात्रै न लगाइएको बताउनु भयो । पुर्व प्रहरीहरुले समेत विभिन्न समाजिक कार्यगरी रहेको भन्दै बहालवाला प्रहरिले पुर्व प्रहरिहरुलाइ प्रयोग गर्न न सकेको दुखेसो पोख्नु भयो । पुर्व प्रहरीहरु सङ्ग बिभिन्न ज्ञान अनुभव तथा भोगाइहरु रहेको उल्लेख गर्दै उक्त अनुभवलाई नेपाल प्रहरिले प्रयोग गर्नुपर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ बर्दियाका निवर्तमान अध्यक्ष यादव आचार्यले पुर्व प्रहरीहरु देशको अभिभावकिय जिम्मेवारी पूरा गरि रहेको बताउनु भयो । समाजका हरेक नकारात्मक कुराहरुलाइ कसरी समाधान गर्ने भन्ने कुराको अनुभव रहेको बताउनु भयो । सेवाबाट टाढिए पनि समाज सुधारमा अमुल्य योगदान रहने बताउनु भएको छ । बर्दिया जिल्ला लागू औषधको प्रयोग एवं कारोबारमा ब्यापाक देखिएकोले पुर्व प्रहरिहरुले यस्ता समस्या समाधान गर्न पालिकाहरु सङ्ग समन्वय गरि आफ्ना अनुभवले समाधान खोज्नु पर्ने सुझाव आचार्यले दिनुभयो ।
कार्यक्रममा मन्तब्य राखदै गुलरिया नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष सुधान्सु प्रकाश शर्माले पुर्व प्रहरीहरु ज्ञानको भण्डार भएको बताउनु भयो । पुर्व प्रहरी संगठनका लागि स्थापनाकाल देखि नै सहयोग गर्दै आएको शर्माले स्मरण गर्नु भयो । कार्यक्रममा बोल्दै अध्यक्ष टंक थापाले अहिलेको कार्य समितिले प्रदेश देखि केन्द्र सम्म पहिचान बनाइ सम्मान दिलाउन सफल भएको बताउनु भयो । सम्पुर्ण आजिवन सद्स्य लगायत सम्पुर्ण कार्यसमितिको साथ र सहयोगले सम्भव भएको बताउनु भयो ।
वहाले हाल सम्म सहकार्य गरि सङ्गठनलाइ सहयोग गर्ने निकाय तथा संघ सस्थालाइ धन्यवाद दिनुको साथै अबको नयाँ कार्य समितिले बिगतको समिती र सबै पक्षलाइ समेटेर लग्ने बिश्वास व्यक्त गर्नु भयो । कार्यक्रममा पुर्व प्रहरिको संगठनले गरेका कृयाकलापहरु नागरिक माझ लगी पुर्व प्रहरिका समस्या उजागरमा मिडिया मार्फत सहयोग पुर्याए बापत अन्नपूर्ण दैनिकका पत्रकार यादव आचार्य र सगरमाथा टेलिभिजनका पत्रकार मुरली गोडियालाई प्रशंसा पत्रले सम्मान गरिएको छ । संगठनका प्रशासनिक कार्य सन्चालनका लागि सहयोग गरेकोमा गुलरिया नगरपालिका ६ नम्बर वडालाई कदर पत्रले सम्मान गरिएको छ ।
२० °C काठमाडौं
Facebook Comments