स्थानिय तहका प्राविधिकलाई नापनक्सा सम्बन्धी तालिम
विन्दु चौधरी, ११ बैशाख, बाँसगढी (बर्दिया) । स्थानीय तहका नापी प्राविधिकहरूका लागि नापनक्सा सम्बन्धी चारदिने तालिम बिहिबारदेखि बाँसगढीमा शुरु भएको छ । नेपाल सरकार भूमि समस्या समाधान आयोग जिल्ला समिति बर्दियाको आयोजनामा र आत्मनिर्भर केन्द्रको सहकार्यमा सञ्चालन भएकोे तालिम बैशाख १४ गतेसम्म चल्नेछ ।
तालिमको उद्घाटन कार्यक्रममा भूमि आयोग बर्दिया अध्यक्ष अरुणप्रकाश सिंह राठौरले तालिमको उद्देश्य स्पष्ट पार्दै भन्नुभयो, “नापनक्सा सम्बन्धी यस्ता तालिमले प्राविधिकहरूलाई दक्ष बनाउने मात्रै नभएर, स्थानीय तहको सेवा प्रवाहमा समेत स्पष्टता र पारदर्शिता ल्याउने बताउनुभयो । उहाँले भुमिहिन सुकुम्बासी, भुमिहिन दलित र अव्यवस्थित बासोबासीहरुको नयाँ कामभन्दा पनि पुराना कामलाई प्राथमिकता दिएर अघि बढ्ने बताउनुभयो ।
तालिम पश्चात नापी प्राविधिकलाई फिल्डमा खटाएर तीव्र रुपम काम शुुचारु गर्ने बताउनुभयो । त्यसैले सहभागीहरूको प्राविधिक दक्षता अभिवृद्धि गर्नुका साथै भूमि नक्सांकनको कार्यलाई सरल, छरितो र विवादरहित बनाउन तालिमको आयोजना गरेको अध्यक्ष राठौरले जानकारी दिनुभयो । तालिममा बर्दियाका आठवटै स्थानीय तहका २२ जना अमिन र १२ जना सर्वेक्षक गरी जम्मा ३४ जना सहभागी छन् ।
उनीहरूलाई नापी विभागका प्रमुख अधिकृत मणि रेग्मीले प्रशिक्षण दिइ रहनु भएको छ । कार्यक्रममा आत्मनिर्भर केन्द्रका पूर्व नापी अधिकृत रामसुन्दर सी, भूमि आयोग सदस्य देविमाया अधिकारी, बाँसगढी नगरपालिकाका स्थानीय भूमि इकाइ प्रमुख संजिव ज्ञवाली, र टोली प्रमुख विजय धामीे लगाएतको उपस्थिति रहेको थियो ।
२० °C काठमाडौं
Facebook Comments