बर्दियामा आयोजित नेपाल खो–खो लिगको उपाधी नेष्टटाइगर्सलाई
दलबहादुर सुनार, ३१ चैत्र, बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिकामा सम्पन्न नेपालकै पहिलो खो–खो लिग प्रतियोगिताको उपाधि नेष्टटाइगर्स (ठाकुरबाबा) ले उचाल्न सफल भएको छ । विकासप्रेमी ब्ल्याक बक (बर्दिया) लाई पछिपार्दै नेष्टटाईगर्सले उपाधि जितेको हो ।
ठाकुरबाबा नगरपालिका वडा नम्बर २ रानिपुरमा चैत २४ गतेदेखि शुरु भएका प्रतियोगिता ५ दिनसम्म चलेको थियो । बर्दिया, कैलाली र रुपन्देही गरि पाँच टिमले प्रतियोगितामा भाग लिएका थिए । प्रतियोगिताको रोमाञ्चक फाइनल खेलमा नेष्ट टाइगर्सले ४६ अङ्क जोड्दै उपाधि आफ्नो पोल्टामा पा¥यो भने विकासप्रेमी ब्ल्याक बकले ४२ अङ्क ल्याउँदै दोस्रो स्थान हासिल ग¥यो ।
त्यसै गरि कञ्चन गैडहवा रोयल्स (रुपन्देही) ले तेस्रो स्थान प्राप्त गरेको खो–खो सङ्घ नेपालका वरिष्ठ उपाध्यक्ष छत्र बहादुर शाहीले जानकारी दिनुभयो । विजेता क्लबले नगद २ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त ग¥यो भने उपविजेताले १ लाख ५० हजार र तेस्रो हुने क्लबले १ लाख रुपैयाँ प्राप्त गरेका छन् । ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख तिलकराम लम्सालको प्रमुख आतिथ्यमामा पुरस्कार वितरण गरिएको थियो ।
२० °C काठमाडौं
Facebook Comments