• ९ वैशाख २०८३, बुधवार
  • २० °C काठमाडौं
बाँसगढीमा महिला सशक्तिकरण अभियान नयाँ उचाईमा पुग्दैछ : नगरप्रमुख खड्का

विन्दु चौधरी, ३० चैत्र, बाँसगढी (बर्दिया) । बाँसगढी नगरपालिकाका नगर प्रमुख खड्क बहादुर खड्काले नगरपालिकाको महिला सशक्तिकरण अभियान नयाँ उचाइमा पुग्दै गरेको बताउनु भएको छ । बाँसगढी नगरपालिकामा महिला जागरण सामाजिक शिक्षा केन्द्रको २७ औ साधारण सभामा संबोधन गर्दै उहाँले महिला सशक्तिकरण र सामाजिक शिक्षा क्षेत्रमा केन्द्रले महत्वपूर्ण भुमिका खेलेको बताउनु भएको छ । 

नगरप्रमुख खड्काले बाँसगढी नगरपालिकाको आगामी आर्थिक वर्षको निती तथा कार्याक्रममा बजेट पार्ने किसिमले महिला जागरण सामाजिक शिक्षाले महिलाहरुको जीवनस्तर उकास्ने खालका योजना लिएर आउन समेत आग्रह गर्नुभयो । कार्यक्रमा नगर उपप्रमुख इन्दिरा चौधरीले यस किसिमका सामाजिक र शैक्षिक पहलहरू आगामी दिनहरूमा अझ विस्तारगर्दै लैजानेमा जोड दिनुभयो । कार्यक्रममा बाँसगढी नगर उपप्रमुख इन्दिरा चौधरी, वार्ड नं ५ का वडा अध्यक्ष दहवा थारु, वर्माकुमारी इश्वरीय विश्वविद्यालय बाँसगढी शाखाका प्रमुख इश्वरीय पुष्पा दिदी सल्लाहकार, सर्वेश्वर शिव मन्दिरका अध्यक्ष लगायत समाजसेवी तथा केन्द्र सदस्यको उपस्थित थियो । 

सभाका क्रममा मिना कुमारी थारु र कलि विक गरी दुई जना एकल महिलालाई नगद प्रमाणपत्र सहित सम्मान प्रदान गरिएको थियो । केन्द्रका ६२ जना आजिवन सदस्यलाई प्रमाणपत्र वितरण समेत गरिएको थियो । केन्द्रका अध्यक्ष निर्मला अर्यालको अध्यक्षतामा भएको कार्यक्रमको संचालन केन्द्रका सचिव गिता लामिछाने देवकोटाले गर्नुभएको थियो । महिला जागरण सामाजिक शिक्षा केन्द्रको २७ औ साधारण सभाको बन्दसत्रले नयाँ बर्षको शुभकामनासँगै नयाँ नेतृत्व समेत चयन गरेको छ । महिला जागरण सामाजिक शिक्षा केन्द्रको २७ औ साधारण सभाबाट सिता कुमारी पौडेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । 

नवगठित कार्यसमितिको उपाध्यक्षमा चन्द्रा देवकोटा, सचिवमा प्रतिमा शर्मा, सहसचिवमा निर्मला सुवेदी र कोषाध्यक्षमा खुम कुमारी पौडेल चयन हुुनुभएको छ । त्यसैगरी सदस्यहरूमा ऋषिमाया कार्की, मैना धिताल, पुर्णिमा चौधरी, खिउ कुमारी वली, भोज कुमारी शर्मा र शीला पौडेल रहनु भएको छ । निर्वाचन मण्डलका संयोजक समेत रहनु भएको नगर उपप्रमुख इन्दिरा चौधीले नयाँ नेतृत्वलाई बधाई दिँदै आगामी दिनमा सामाजिक रूपान्तरण, महिला सशक्तिकरण र शिक्षा प्रवद्र्धनमा थप प्रभावकारी काम हुने विश्वास व्यक्त गर्नु भएको छ ।

 

सम्बन्धित समाचार

Facebook Comments