• १८ वैशाख २०८३, शुक्रवार
  • २३ °C काठमाडौं
बढैयातालमा बिद्यालय स्तरिय फूटवल प्रतिस्पर्धा

दलबहादुर सुनार, बढैयाताल (बर्दिया) । प्रथम यू १८ बढैयाताल बिद्यालय स्तरीय मयुर कप फुटबल  प्रतियोगिता २०८० हुने भएको छ । जिल्ला फुटबल संघ बर्दियाको समन्वय, बढैयाताल गाउँ  पालिकाको सहयोग तथा मयुर युवा क्लब बढैयाताल ८ स्याउली  बजारको आयोजाना मंसिर २९ गतेदेखि शुरु हुने भएको छ । 


राष्ट्रको लागि खेलकुद : स्वास्थ्यको लागि खेलकुद भन्ने नाराका साथ प्रतियोगिता गरिने मयूर युवा क्लवका अध्यक्ष तारानाथ ज्ञवालीले बताउनु भयो । उद्घाटन खेल अमर ज्योति मा. बि सितापुर र  ने.रा.मा.बि. पडरिया बिच हुने बताईएको छ । मयुर युवा  क्लबको खेल  मैदान  बढैयाताल ८ स्थिति  नयाँ बस्तीमा आयोजित प्रतियोगितामा बढैयाताल गाउँपालिकामा रहेका सामुदायिक तथा संस्थागत  मध्येका ११ वटा बिद्यालयले सहभागीता जनाउने क्लबका प्रशिक्षक बिबेश गुरुङले जानकारी दिनु भयो ।


मंसिर २९ गतेदेखि पौष ०७ गते सम्म हुने अण्डर १८ फुटबल प्रतियोगिता नकाउट आधारमा खेलाईने  जिल्ला फुटबल संघ बर्दियाका प्रशिक्षक रामजित चौधरीले बताउनु भएको छ । बिजेता  र उप बिजेता टीमलाई क्रमश रु. २५ हजार र १५ हजार नगदसहित शिल्ड, मेटल, ट्रफी र प्रमाण पत्र दिईने क्लबले  जनाएको छ । बुधवार पत्रकार सम्मेलन मार्फत खेल तालिका सार्बजनिक गरिएको छ ।


मयुर युवा  क्लबका अध्यक्ष  तारानाथ  ज्ञवालीको अध्यक्षता तथा बढैयाताल गाउँपालिका न्यायीक  समिति सदस्य दिल्ली प्रसाद गौतमको प्रमुख आतिथ्यमा  भएको पत्रकार सम्मेलनमा प्रतियोगितालाई  सभ्य, भब्य र मर्यादित बनाउने सन्दर्भमा सहभागीले धारणा राख्नु भएको थियोे । ११ वटा  बिद्यालयका प्रधानाध्यापक, शिक्षक, जिल्ला फुटबल संघ लुम्बिनी प्रदेशका सदस्य अजित राजभण्डारी  स्थानीय पत्रकार लगायतको सहभागीता रहेको पत्रकार सम्मेलनमा क्लबका कोषाध्यक्ष शैलेन्द्र मल्लले  स्वागत गर्नु भएको थियो ।

सम्बन्धित समाचार

Facebook Comments