• ९ वैशाख २०८३, बुधवार
  • २० °C काठमाडौं
बाघबाट आक्रान्तबन्दै गेरुवाका स्थानियहरु

केशव कोईराला, २९ चैत्र, राजापुर (बर्दिया) । बर्दियाको गेरुवा गाउँपालिका वडा नम्बर १ बगहीपुरका स्थानिय बासिन्दा दिनहुँ बाघबाट आतंकित बनेका छन् । स्थानिय कुसुमटाडी सामुदायिक वनबाट आउने बाघले स्थानीय किसानका राङ्गा, भैंसी, गाई, गोरु, सुङगुर, भेडा र बाख्रा लगायतका चौपाया पशुहरूलाई बारम्बार मार्ने घटना बढेकाले स्थानिय आतंकित बनेका हुन् । 

बाघको नियन्त्रणका लागि स्थानियले खोजी अभियान तिव्र बनाएका छन् । तीन चार दिनदेखि जनकनगर, भठेरा र बगहीपुर गाउँमा पाटे बाघको आक्रमणका कारण स्थानीयको जनजीवन अस्तव्यस्त बनेको छ । पशुपालन व्यवसायमा निर्भर रहेका बासिन्दाहरूको लागि यो अत्यन्तै पीडादायक समस्या बनेको छ । 

स्थानीय बासिन्दा भने यो समस्या समाधानका लागि चाँडो कदम चाल्नुपर्ने बताउँदै आएका छन् ।  बाघलाई नियन्त्रणमा ल्याउने प्रयास अझ तीव्र गरिनुपर्ने स्थानियको माग छ । पशुजन्य र कृषि उत्पादनमा आधारित जीवनयापन गर्दै आएका स्थानीयहरू बाघको आतंकसँग जुध्नका लागि सबै प्रकारका सुरक्षात्मक उपायहरूको माग गरिरहेका छन् ।

सम्बन्धित समाचार

Facebook Comments