• ९ वैशाख २०८३, बुधवार
  • २० °C काठमाडौं
राँझा–राजापुर, बाँके, बर्दिया पर्यटकीय लोकमार्गको शिलान्यास

केशव कोईराला, २७ चैत्र, राजापुर (बर्दिया) । लुम्बिनी प्रदेशका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री माननीय धर्म बहादुर चौधरीले राँझा–राजापुर बाँके र बर्दिया पर्यटकीय लोकमार्गको ७८ दशमलव ६७० किलिोमिटर सडक योजनाको पहिलो खण्डको निर्माण कार्यको विधिवत शिलान्यास गर्नुभएको छ । शुभारम्भ कार्यक्रममा लुम्बिनी प्रदेशका विभिन्न सरोकारवालाहरु सहभागी हुनुहुन्थ्यो ।

सडक योजनाको निर्माणले बर्दिया र बाँके जिल्लामा पर्यटन क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ । यो सडकखण्डको निर्माणले पर्यटनका लागि सहज यातायात व्यवस्था गर्ने साथै स्थानीय आर्थिक विकासमा समेत ठूलो मद्दत पुर्याउने बताइएको छ । सडकको निर्माण कार्यमा समावेश गरिएको सुरुङ र पुलहरु मार्फत यस क्षेत्रको प्राकृतिक सौन्दर्यलाई अझ बढी आकर्षक बनाउने योजनाका बारेमा पूृवमन्त्री चौधरीले चर्चा गर्नुभयो । उहाँले सडकका विभिन्न खण्डहरुको समग्र योजना र कार्यान्वयनको लागि सरकारको प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । 

सडक निर्माणको क्रममा स्थानीय बासिन्दाहरूसँग समन्वयगर्दै गुणस्तरीय कार्य सुनिश्चित गर्ने चौधरीको प्रतिवद्धता छ । उहाँले परियोजनाको महत्वको चर्चागर्दै, यसको निर्माणले बर्दिया र बाँके जिल्लामा पर्यटकीय गतिविधिहरु बढाउने र आर्थिक समृद्धिको नयाँ आयाम खोल्ने विश्वास व्यक्त गर्नुभयो । सडकको पहिलो खण्डको निर्माण कार्य सकिएपछि, राँझा–राजापुर र बाँके बर्दियाको अन्य क्षेत्रहरुलाई एकआपसमा जोडेर यातायातको सुविधा प्रदान हुनेछ, जसले यहाँका स्थानीय जनतालाई रोजगारीको अवसर र समृद्धिको दिशा देखाउने छ ।

सम्बन्धित समाचार

Facebook Comments