• ९ वैशाख २०८३, बुधवार
  • २० °C काठमाडौं
वन डढेलो रोक्न नवदुर्गा सामुदायिक वनका उपभोक्ता जागरुक

विन्दु चौधरी, २३ चैत्र, बाँसगढी (बर्दिया) । डढेलोको जोखिम बढ्दो मौसमसँगै बर्दियाको बाँसगढी क्षेत्रमा अवस्थित नवदुर्गा सामुदायिक वन उपभोक्ता समूहले डढेलो नियन्त्रणका लागि अग्नि रेखा सरसफाई अभियान शुरु गरेको छ । करिब १ सय १० हेक्टर क्षेत्रफलमा फैलिएको सामुदायिक वनमा साढे ६ सयभन्दा बढी उपभोक्ता आवद्ध छन् । 

वनमा प्रत्येक वर्ष आगलागीका कारण जैविक विविधता, वनस्पति र वन्यजन्तुमा नोक्सानी पुग्ने गरेकोले समुदायका उपभोक्ता, सन्चालक समिति र वन हेरालु स्वयंसेवकहरू मिलेर अग्नि रेखा निर्माण तथा सरसफाईको कामलाई प्राथमिकताका साथ अघि बढाइएको नवदुर्गा सामुदायिक वनका अध्यक्ष दयाराम थारुले जानकारी दिनुभयो । उहाँले रहेक वर्ष समूहमा १२ देखि १३ जना सम्मको टोली बनाई पालै–पालो अग्नी रेखा सरसफाई गर्दा वनमा आगोलागी हुनबाट जोगाउन सकेको बताउनुभयो । 

सामुदायिक वनकी सचिव शान्ति चौधरीले डढेलो रोकथामका लागि जनश्रम र सामुदायिक सहभागिता नै भरपर्दो उपाय भएको बताउनु भयो । अग्नि रेखा निर्माणसँगै जंगल वरपर झारपात तथा सुकेका रुखका पातहरू हटाइएको छ । सरसफाईले सम्भावित आगलागीको जोखिम घटाउने विश्वास लिइएको छ । नवदुर्गा सामुदायिक वन उपभोक्ता समूहको प्रयासले सामुदायिक वन संरक्षण र डढेलो नियन्त्रणमा अन्य सामुदायिन वन समूहलाई पनि सर्तक रहन प्रेरित गरेको छ ।

सम्बन्धित समाचार

Facebook Comments