बारबर्दियामा बन डढेलो सम्बन्धी कृतिम अभ्यास
विन्दु चौधरी, २१ चैत्र, बाँसगढी (बर्दिया) । बारबर्दिया नगरपालिका वार्ड नम्बर २ नारायणपुरमा उत्सर्जन न्यूनिकरणका लागि वन डढेलो व्यवस्थापन सम्बन्धी सचेतनामूलक गोष्ठी गरिएको छ । सञ्चारिका समुह बर्दिया र सचेतना सामुदायिक वनको संयुक्त आयोजना तथा डिभिजन वन कार्यालय बर्दियाको आर्थिक सहयोगमा उत्सर्जन न्यूनिकरणका लागि वन डढेलो व्यवस्थापन सम्बन्धी सचेतनामूलक गोष्ठी सम्पन्न भएको हो ।
गोष्ठीमा वन डढेलो रोकथाम तथा नियन्त्रणका उपायबारे छलफल भएको थियो । कार्यक्रमका प्रमुख सहजीकरणकर्ताको रूपमा डिभिजनल प्रमुख तथा सिनियर वन अधिकृत विजयराज सुवेदी रहनुभएको थियो । उहाँले वन डढेलोको रोकथाम, न्यूनीकरण तथा नियन्त्रणका लागि आवश्यक रणनीति, सरकारको नीति तथा स्थानीय तहमा अपनाउनुपर्ने उपायहरूबारे जानकारी गराउनु भयो । उहाँँले वन संरक्षणका लागि सामुदायिक सहभागिता अनिवार्य रहेको उल्लेखगर्दै सचेतनामुकल कार्यक्रम र जानीजानी ढडेलो लगाउनेलाई कानुनी जरिवाना रहेको बताउनुभयो ।
गोष्ठीमा बारबर्दिया नगरपालिकाका संस्थापक मेयर दुर्गा बहादुर थारु (कबिर) ले वन संरक्षण र कार्बन उत्सर्जनका विषयमा धारणा राख्नुभयो । उहाँले ठूला औद्योगिक राष्ट्रहरूले वायुमण्डलमा कार्बन उत्सर्जन गर्ने भएकाले नेपालले उत्पादन गरेको अक्सिजनका लागि तिनले भुक्तानी गर्नुपर्ने तर्क प्रस्तुत गर्नुभयो । उहाँका अनुसार नेपालले वनजङ्गलको संरक्षण गर्दै अक्सिजन उत्पादन गरिरहेकाले यो कार्यका लागि अन्तर्राष्ट्रिय स्तरबाट उचित प्रतिफल प्राप्त गर्न सामुदायिक वन कर्मीहरूले आवाज उठाउनुपर्ने आवश्यकता औल्याउनु भयो ।
कार्यक्रममा बारबर्दिया नगरपालिका वाड नं २ का वडाअध्यक्ष रामफेरन थारु, जनजागृती सामुदायिक वनका अध्यक्ष सरस्वती केसी, वैज्ञानिक वन व्यवस्थापन राष्ट्रिय महासंघ बर्दियाका अध्यक्ष गंगाराम पाठक, इलाका प्रहरी कार्यालय बानियाभारका प्रहरी निरिक्षक झविन्द्र परियार, लगायतले आ–आफ्ना धारणा राख्दै वन संरक्षण, वन डढेलो नियन्त्रण तथा उत्सर्जन न्यूनीकरणका उपायहरूबारे आफ्ना विचार व्यक्त गरेका थिए । कार्यक्रम संचारिका समूह बर्दियाका अध्यक्ष मेनका चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो । यसैविच बारबर्दिया—२ नारायणपुरको जनचेतना सामुदायिक वनमा वन डढेलो नियन्त्रणको कृत्रिम अभ्यास गराइएको छ ।
डिभिजन वन कार्यालय बर्दियाको समन्वयमा गरिएको उक्त अभ्यासमा वन डढेलो नियन्त्रणका आधुनिक प्रविधि, प्राथमिक उपचार विधि, तथा स्थानीय स्रोतसाधनको प्रयोगबारे प्रशिक्षण गराईएको थियो । अभ्यासका क्रममा डिभिजनल प्रमुख तथा सिनियर वन अधिकृत सुवेदीले वन डढेलोको रोकथाम, न्यूनीकरण तथा नियन्त्रणका लागि प्रभावकारी उपायहरूबारे व्यावहारिक अभ्यास गराउनु भएको थियो । स्थानीय वन उपभोक्ता, सामुदायिक वन पदाधिकारी तथा सरोकारवालाहरू करिव डेढ सय सहभागिता रहेको उक्त अभ्यासमा डढेलो नियन्त्रणका लागि पानीको उचित व्यवस्थापन, आगो फैलिन नदिन आवश्यक घेराबन्दी, तथा परम्परागत र आधुनिक प्रविधिहरूको अभ्यास र सुरक्षाको प्रयोगबारे जानकारी गराउनु भएको थियो ।
२० °C काठमाडौं
Facebook Comments