• ३ वैशाख २०८३, बिहिवार
  • २५ °C काठमाडौं
बाँसगढी नगरपालिकाले सहकारीको प्रर्बद्धन, सशक्तिकरणसँगै प्रभावकारी ब्यवस्थापन गर्ने 

विन्दु चौधरी, २० चैत्र, बाँसगढी (बर्दिया) । ६८ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा बाँसगढी नगरपालिकाले सहकारीकर्मीसँग अन्तरक्रिया गरेको छ । ‘मर्यादित सहकारी, सम्मुन्नत समाज’ भन्ने मुल नाराका साथ सरोकारवाला र सहकारी संस्थाका सञ्चालक समितिका पदाधिकारी र कर्मचारीहरुसँग अन्तरक्रिया गरेको हो । 

कार्यक्रममा सहकारीकर्मीहरूले ऋण नपाउनु, सहकारीको प्रभावकारी अनुगमन र नियमन नहुनु, ऋणीले समयमा ब्याज नबुझाउनु जस्ता विभिन्न समस्याहरू राखेका थिए । बाँसगढी नगरपालिकाका नगरप्रमुख खड्क बहादुर खड्काको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा नगर उपप्रमुख इन्दिरा चौधरीले स्वागत गर्नु भएको थियो । कार्यक्रमलाई सम्बोधनगर्दै नगर प्रमुख खड्काले आगामी आर्थिक वर्षको निति तथा कार्यक्रमका लागि सहकारीका पदाधिकारीहरुले आफ्नो योजना लिएर नगर पालिकामा पेश गर्न अनुरोध गर्नुभयो । 

उहाँले सहकारीहरुको प्रर्वद्धन, सशक्तीकरण र प्रभावकारी व्यवस्थापनका लागि नगरपालिकाले आवश्यक पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । बाँसगढी नगरपालिकाको सहकारी विभाग प्रमुख खड्ग बहादुर वलीले नगर क्षेत्रका सहकारी संस्थाहरूको वर्तमान अवस्थाबारे जानकारी गराउनु भयो । उहाँले हाल नगरपालिका भित्र ५२ वटा सहकारी दर्ता गरी संचालनमा रहेको र कतिपय सहकारी अझै पनि निस्क्रिय अवस्थामा रहेको बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत नेव बहादुर वलीले सहकारीका सदस्यहरु गम्भिर र ईमान्दार भए सहकारीमा समस्या नआउने बताउनुभयो । 

उहाँले सहकारी नीति तथा नियम निर्माण गर्दै आगामी वर्षदेखि व्यवस्थित कार्यक्रम सञ्चालन गर्ने योजना रहेको बताउनुभयो । त्यस्तै इलाका प्रशासन कार्यालय बाँसगढीका प्रमुख डिल्लीराम आचार्यले सहकारी दिवसको अवसरमा शुभकामना ब्यक्त गर्नुको थियो । कार्यक्रममा बाँसगढी नगरपालिकाका विभिन्न सहकारी संस्थाका प्रतिनिधिहरू, नगरपालिकाका पदाधिकारीहरू तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो । यसैविच बाँसगढी नगरपालिकामा देविसरा जैसीको अध्यक्षतामा ११ सदस्यीय नगरस्तरीय सहकारी सञ्जाल गठन गरेको छ । 

६८औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा भएको अन्तरक्रिया कार्यक्रममा नगरस्तरीय सहकारी सञ्जाल समेत गठन गरेको हो । सञ्जालको उपाध्यक्षमा कमला शर्मा, सचिवमा भक्तिराम अधिकारी, कोषाध्यक्ष शिवाकुमारी सापकोटा र नर बहादुर डाँगी सहसचिवमा सर्वसम्मत हुनुभएको छ । त्यसैगरी सदस्यहरुमा सरला शर्मा, लिला थारु, तुलसी कंडेल, निरुता बुढा, सार्जने कामी सदस्यमा निर्वाचित भएको बाँसगढी नगरपालिकाका विमल सुवेदीले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

Facebook Comments