• ९ वैशाख २०८३, बुधवार
  • २० °C काठमाडौं
शिक्षकका माग सम्बोधनगर्दै तत्काल विद्यालय शिक्षा ऐन जारीगर्न माग

चुरेकुञ्ज, १९ चैत्र, बर्दिया । नेपाल शिक्षक संघ लुम्बिनी प्रदेशको छैठौं प्रतिनिधि सभा तथा सम्मान कार्यक्रम दाङको भालुवाङमा गरिएको छ । नेपाल शिक्षक संघ लुम्बिनी प्रदेश अध्यक्ष लालप्रसाद पंगेनीको अध्यक्षतामा आयोजित कार्यक्रम सम्पन्न भएको छ । 

सभाको उद्घाटनगर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले शिक्षकका मागहरुलाई सम्बोधन गरी विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न माग गर्नुभयो । प्रतिनिधि सभाको उद्घाटन समारोहमा नेपाल शिक्षक संघ संघीय कार्य समितिका उपाध्यक्ष धनकला भण्डारी र दिपक ज्ञवाली, नेपाल शिक्षक संघ लुम्बिनी प्रदेशका संस्थापक अध्यक्ष एवम् नेपाली काँग्रेस सचिव अर्जुनकुमार योगी, नेपाल ट्रेड युनियन कांग्रेस लुम्बिनी प्रदेश अध्यक्ष काजीमान श्रेष्ठ लगायतका वक्ताहरुले सभाको सफलताको कामनागर्दै शुभकामना व्यक्त गर्नु भयो । 

प्रतिनिधि सभाले अध्यक्ष लाल प्रसाद पंगेनीद्वारा प्रस्तुत नितीगत अवधारणा पत्र, महिला उपाध्यक्ष सीता शर्मा गौतमद्वारा प्रस्तुत महिला विभागको प्रतिवेदन, महासचिव यज्ञ नेपालद्वारा प्रस्तुत साँगठनिक प्रतिवेदन र महासचिव अर्थद्वारा प्रस्तुत आर्थिक तथा लेखा परीक्षण प्रतिवेदन पारित गरेको छ । 

प्रतिनिधि सभाको अवसरमा लुम्विनी प्रदेश अन्तर्गतका सामुदायिक विद्यालयवाट २०८० सालको एसइई परीक्षामा ४ जीपीए  सहित उत्तीर्ण विद्यार्थीहरु, माध्यमिक तह प्रथम श्रेणीमा बढुवा हुनु भएका शिक्षक  संघका सदस्यहरु एवम् सांगठनिक क्रियाशीलताका आधारमा विभिन्न जिल्ला कार्य समितिलाई सम्मान गरिएको नेपाल शिक्षक संघ लुम्विनी प्रदेश महासचिव नेपालले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

Facebook Comments