• १० वैशाख २०८३, बिहिवार
  • १९ °C काठमाडौं
बाँसगढीमा थारु लोककला अस्टिम्कि तथा लोक आधुनिक चित्रकला सम्बन्धि तालिम

विन्दु चौधरी, १८ चैत्र, बाँसगढी (बर्दिया) । थारु लोककला अस्टिम्कि तथा लोक आधुनिक चित्रकला सम्वन्धी सात दिने तालिम बाँसगढी ५ लक्ष्मणपुरमा शुरु भएको छ । थारु समुदायको मौलिक पहिचान झल्काउने अस्टिमिक र लोक आधुनिक चित्रकला तालिम प्राचिन सृजनशील आदिवासी समाज बर्दियाको आयोजनामा तथा नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको आर्थिक सहयोगमा संचालन भएको हो । 

तालिममा बाँसगढी नगरपालिका भित्रका २० जनाको सहभागिता रहेको छ । सोमबारदेखि शुरु भएको तालिम चैत्र २४ गते सम्म चल्ने छ । तालिमले थारु समुदायको परम्परागत कलालाई प्रवद्र्धन गर्ने विश्वास गरिएको छ । मुर्तिकार तथा चित्रकार मिट्ठु थारुले प्रशिक्षण दिईरहनु भएको छ । कार्यक्रममा रेडियो गुर्वावा एफएमका कार्यकारी निर्देशक तथा संस्कृतिविद् एवं अनुसन्धानकर्ता एकराज चौधरीले अस्टिम्कि कलामा भगवान् कृष्णको लिला तथा यसको सांस्कृतिक महत्वबारे व्याख्या गर्नुभयो । 

तालिमको उद्घघाटन कार्यक्रममा प्राचिनका अध्यक्ष सार्जने कामीको अध्यक्षतामा भएको थियो । भने संस्थापक फग्वा थारुले स्वागत गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन रेडियो गुर्वावा एफएमका स्टेशन म्यानेजर पुष्पा चौधरीले गर्नुभएको थियो । कार्यक्रममा प्राचिनका उपाध्यक्ष रामलौटन चौधरी, लखनाका बरघर अतवारी थारु लगाएतको उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार

Facebook Comments