विद्यार्थीको एसइई परीक्षा सकिएसँगै भावुकबन्दै छात्राबासबाट विदाई
चुरेकुञ्ज, १७ चैत्र, बर्दिया । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को अन्तिम दिनको परीक्षा सकिसँगै साधारण धार तर्फको परीक्षा सकिएको छ । चैत्र ७ गतेदेखि सुरुभएको कक्षा १० को अन्तिम परीक्षाको साधारण धारतर्फ शुक्रबार सकिएको छ । उच्च शिक्षा अध्ययनको पहिलो खुड्किलो भएकाले पनि एसईई परीक्षालाई विशेष महत्व दिने गरिएको छ । अमर शहीद श्री दशरथ चन्द मा वि राजापुरमा ८० दिनसम्म विद्यालयको होस्टेलमा बसेर एकै परिवार जस्तो भएका विद्यार्थीहरु छुट्टिएर घर जानु पर्दा भावुक भए ।
परीक्षा सकेर विद्यालयमा आए पछि साथी–साथीबीच एक अर्काको सर्टमा बिदाइ तथा भविष्यको शुभकामना सन्देश लेखी फेरि भेट्ने वाचा गरेका थिए । विद्यालयमा आ आफ्ना नानी बाबु लिन आउनु भएका अभिभावकहरुले समेत चुनौतिपूर्ण समयमा सामुदायिक विद्यालयका शिक्षकहरुले पनि विद्यार्थीसँगै खटिएर गरेको मेहेनत प्रशांसा योग्य रहेको वताउनु भएको थियो । परिक्षाको नतिजा नआउँदासम्म आफुलाई सिर्जनात्मक काममा लगाउनु पर्ने, यो उमेर किशोरावस्थाको डरलाग्दो उमेर भएकाले आफूलाई सुरक्षित राख्न, घरायसी काममा अभिभाबकलाई सहयोग गन शिक्षक पुरुषोत्तम खनालले सुझाउनु भयो ।
त्यस्तै विद्युतीय उपकरणहरु मोबाईल, ल्यापटप जस्तामा धेरै समय नदिने र पढ्ने बानीको विकास गर्न शिक्षक पुरुषोत्तम खनालले अनुरोध गर्नु भएको छ । कक्षा १० को औपचारिक विदाई गर्दै शिक्षक बलराम भण्डारीले प्राविधिक र विज्ञान विषय अध्धयन गर्ने बाहेक सबैसँग कक्षा ११ मा भेट हुने, आफ्ना विद्यार्थीले सधै प्रगति गरेको सुन्न र देख्न पाइयोस् भन्दै सफलताको शुभकामना दिनु भएको थियो । विद्यार्थीलाई शिक्षक जनक बहादुर पाल, रेश्मी चौधरी, शंकर दत्त भट्ट, शुशिल कुर्मी, सोम गुरुङ, नारायण, रिमाल हिमांशु चौधरी सुदन घिमिरे लगायतका शिक्षक तथा कर्मचारीहरुले शुभकामना दिनु भएको थियो ।
अमर शहिद श्री दशरथ चन्द मा वि राजापुरका प्रअ सरोज कुमार झाले ८० दिनसम्म आवासीय रुपमा होस्टेलमा बसेर अनुशासित भएर विद्यार्थीहरुले शिक्षक अभिभावकहरुको मन जितेको वताउनु भयो । परीक्षाको नतिजा जस्तोसुकै आए पनि राम्रो आउने र विद्यार्थीले अझै धेरै प्रगति गर्ने भन्दै शुभकामना दिनु भएको थियो ।
१९ °C काठमाडौं
Facebook Comments