सामुदायिक वनका सदस्य महिला खेलाडीहरुलाई सम्मान
हरि गुरुङ, १७ चैत्र, मधुवन (बर्दिया) । बर्दियाको मधुवन नगरपालिका वडा नम्बर २ मा रहेको सगुन सामुदायिक वन उपभोक्ता समुहले ४ महिला खेलाडीहरुलाई सम्मान गरेको छ । जिल्लाको गेरुवा गाउँ पालिकामा फागुन १२ गतेदेखि १५ गते सम्म आयोजित ५ औं जिल्ला स्तरीय उपाध्यक्ष कप महिला फुटबल प्रतियोगिता जित सुनिश्चित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उनीहरुलाई सम्मान गरिएको हो ।
खेलमा सहभागी भएका सगुन सामुदायिक वन समुहका उपभोक्ता सदस्यका महिला खेलाडीहरुलाई प्रोत्साहन स्वरुप नगद पुरुस्कारसहित सम्मान गरेको सगुन सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष मनु थापाले जानकारी दिनुभएको छ । पुरस्कृत हुनेमा प्रीयंका थारु, सिमा चौधरी, सिमा थारु र निशा थारु रहेका छन ।
महिला खेलाडीहरुलाई एक कार्यक्रमका विच सम्मान गरिएको हो । ठाकुरबाबा नगरपालिका र मधुवन नगरपालिका विच भएको फाईनल खेल शुन्यका विरुद्ध २ गोलगर्दै मधुवन नगरपालिका प्रथम स्थान हुन सफल भएको थियो ।
२० °C काठमाडौं
Facebook Comments