बाल बालिकालाई सीमावर्ती भारतीय बजार जान रोक
हरि गुरुङ, १४ चैत्र, मधुवन (बर्दिया) । बर्दियाको मधुवन नगरपालिका वडा नम्बर ३ अन्तर्गत पर्ने धनौरा छोटी भन्सार नाकाबाट बाल बालिकाहरुलाई सिमापार जान रोक लगाइएको छ । सर्वपक्षीय बैठकले निर्णयगर्दै लागूऔषध दुव्र्यवसनी मानव बेचबिखन र्दुब्यवहार लगायतका समस्याबाट बाल बालिकाहरुलाई जोगाउन सो नाकाबाट अभिभावक बिना बाल बालिकाहरुलाई किनमेलका लागि भारतीय सिमावर्ती बजारमा जान रोक लगाएको छ ।
नेपाली कांग्रेसकी नेतृ एवम् समाजसेवी सरस्वती शाहको विषेश पहलमा १६ बर्ष मुनिकाका बाल बालिकाहरुलाई सिमापार जान रोक लगाईएको हो । भारतीय बजार गएर लागू औषधबाट कुलतमा फस्ने धेरै सम्भावना रहेकाले सर्वपक्षीय र सशस्त्र प्रहरी वल धनौरासँग समन्वय गरी भारतीय बजार प्रवेशमा रोक लगाउने निर्णय गरेको शाहले बताउनु भयो । सर्वदलीय बैठकमा मधुवन नगरपालिका वडा ३ नम्बर वडा अध्यक्ष नारायण मल्ल सहभागी हुनुहुन्थ्यो ।
त्यस्तै वडा सदस्य राम बहादुर थारु, स्थानीय नागरिक समाजका अगुवा फुलराम चौधरी, शिक्षक प्रतिनिधि तिलक जि.सि., सानाहात नेपालकी उजेली चौधरी, बालकुमारी सामुदायिक वनका अध्यक्ष मस्त बहादुर के.सी., प्रहरी चौकी धनौराका दिप कुमार रोकाय, सशस्त्र प्रहरी बल धनौराका सशस्त्र प्रहरी निरीक्षक विशाल पाण्डे, सशस्त्र प्रहरी बल भग्रैयाका सशस्त्र प्रहरी नायब निरीक्षक राजन न्यौपाने लगायतको उपस्थितिमा निर्णय गरिएको हो ।
१९ °C काठमाडौं
Facebook Comments