• ३ वैशाख २०८३, बिहिवार
  • २५ °C काठमाडौं
द्वन्द पीडित परिवारलाई उन्नत जातका बंगुर बितरण

केशव कोईराला, १४ चैत्र, राजापुर (बर्दिया) । बर्दिया जिल्लाको राजापुर नगरपालिका वडा नं. ६ ले द्वन्द पीडित परिवारलाई उन्नत जातका बंगुरका पाठा पाठी वितरण गरेको छ । कार्यक्रम अन्तर्गत वडा नं. ६ का ८ जनालाई बंगुरका पाठा पाठी प्रदान गरिएको हो । 

कार्यक्रममा वडा अध्यक्ष असराज न्यौपानेले द्वन्द पीडित परिवारलाई बंगुरका पाठी प्रदानगर्दै वितरणको उद्देश्य उनीहरूको जीविकोपार्जन र व्यावसायिकतासलाई अघि बढाउन मद्दत गर्नु रहेको बताउनुभयो । बंगुरका पाठीहरूको लागत मूल्य ४८ हजार रुपैयाँ रहेको छ । सहायता पछि द्वन्द पीडित परिवारहरू खुशी भएका छन् । 

सहयोगले उनीहरूको जीवनस्तर सुधार गर्ने अपेक्षा गरिएको छ । यो पहलले परिवारहरूको आर्थिक स्थिति सुदृढ गर्न र उनीहरूलाई आत्मनिर्भर बनाउने दिशामा ठूलो कदम हुने अध्यक्ष न्यौपानेले बताउनु भयो । कार्यक्रमले बर्दियाका द्वन्द पीडित परिवारहरूको जीवनमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।

सम्बन्धित समाचार

Facebook Comments