बढुवा भएका प्रहरी नायव निरीक्षकलाई र्दज्यानी चिन्ह
केशव कोईराला, १३ चैत्र, राजापुर (बर्दिया) । प्रहरी सहायक निरीक्षक पदबाट प्रहरी नायव निरीक्षक पदमा बढुवा भएका टेक बहादुर वलीलाई इलाका प्रहरी कार्यालय राजापुर बर्दियामा विशेष कार्यक्रमका बिच र्दज्यानी चिन्ह सुशोभन गरिएको छ । इलाका प्रहरी कार्यालय राजापुरका प्रमुख, प्रहरी नायव उपरीक्षक सागर बोहराले र्दज्यानी चिन्ह लगाइ शिष्टाचार र समर्पणका साथ सेवा गर्ने प्रेरणा दिनुभयो ।
कार्यक्रममा अन्य कार्यरत प्रहरी कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो । प्रहरी नायव निरीक्षक वलीले आफ्नो बढुवा प्राप्ती र जिम्मेवारीको महत्वलाई ध्यानमा राख्दै, आफ्नो कार्यक्षेत्रमा अझ जिम्मेवार र निष्ठापूर्वक काम गर्ने प्रतिवद्धता जनाउनुभयो ।
प्रहरी नायव निरीक्षक वलीको यो सफलता लामो समयको कठिन श्रम र समर्पणको प्रतिफल भएको बताईएको छ । यसले अन्य प्रहरी कर्मचारीलाई पनि प्रेरित गर्ने विश्वास गरिएको छ ।
१९ °C काठमाडौं
Facebook Comments