हिमालयन लघुवित्तद्वारा मृतक सदस्यका परिवारलाई विमा भुक्तानी
चुरेकुञ्ज, ११ चैत्र, बर्दिया । हिमालयन लघुवित्त वित्तिय संस्था लिमिटेड ठाकुरबाबा नगरपालिका वडा नम्बर ५ शाहीपुरमा अवस्थित शाखाले मृतक सदस्यको परिवारलाई विमा रकम हस्तान्तरण गरेको छ । शाखा प्रमुख रिमा चौधरीले सोमबार एक कार्यक्रमका विच मृतकका परिवारलाई चेक हस्तान्तरण गर्नु भएको हो ।
गत भाद्र १२ गते खाता संचालन गरेका ठाकुरबाबा २ रानीपुर निवासी मृतक दिप बहादुर बस्नेतले ३ लाख रुपैया कर्जा लिनु भएको थियो । विमा वापत १ हजार ७८२ रुपैया प्रिमियम बुझाएपछि क्रिया खर्च सहित ६ लाख २५ हजार रुपैया मृतकका परिवारले विमा रकम प्राप्त गरेका छन् ।
मृतक सदस्यको कर्जा बापतको २ लाख ६२ हजार ४१७ रुपैया कट्टा गरी ३ लाख ६२ हजार ५०२ रुपैया भुक्तानी गरिने संस्थाले जनाएको छ ।
२५ °C काठमाडौं
Facebook Comments