गेरुवाको श्रीजनता नरसिंह आधारभुत विद्यालय तिन तारा घोषित
केशव कोईराला, ८ चैत्र, बर्दिया । विद्यालयको स्वच्छता र सरसफाइलाई प्रवद्र्धनगर्दै गेरुवा गाउँपालिका–१ स्थित श्रीजनता परिक्षित नरसिंह आधारभूत विद्यालयलाई तीन तारा विद्यालय घोषणा गरिएको छ । विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छताका मापदण्ड पूरा गरेपछि विद्यालयलाई सम्मान गरिएको हो ।
लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री माननिय जन्मजय तिमिल्सिनाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा विद्यालयलाई तीन तारा विद्यालय प्रमाणपत्र प्रदान गरियो । मन्त्री तिमिल्सिनाले स्वच्छ वातावरणले विद्यार्थीको शैक्षिक उपलब्धिमा सकारात्मक प्रभाव पार्ने बताउँदै स्वच्छ विद्यालय अभियानलाई प्रदेशभर विस्तार गर्ने प्रतिवद्धता जनाउनु भयो ।
विद्यालयका प्रधानाध्यापक नचना चौधरीले विद्यालयलाई सरसफाइको दृष्टिकोणले उच्च स्तरमा पुर्याउन शिक्षक, अभिभावक, विद्यार्थी तथा समुदायको ठूलो भूमिका रहेको उल्लेख गर्नुभयो । कार्यक्रममा गेरुवा गाउँपालिका अध्यक्ष जमान सिह केशि जनप्रतिनिधि, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
१९ °C काठमाडौं
Facebook Comments