• १० वैशाख २०८३, बिहिवार
  • १९ °C काठमाडौं
बर्दियामा अंग्रेजी बिषयको एसइई परिक्षामा १ सय ४० जना विद्यार्थी अनुपस्थित

पुरुषोत्तम खनाल, ८ चैत्र, बर्दिया । बर्दियामा माध्यामिक शिक्षा परीक्षा (एसइई) को पहिलो दिन ५ हजार बढी परिक्षार्थीले सहभागिता जनाएका छन् । बिहिबारबाट शुरु भएको परीक्षाको पहिलो दिन जिल्लाभरबाट ५ हजार ३ सय ९९ परीक्षार्थी सहभागी भएका छन् । 

परीक्षा शान्तिपूर्ण, मर्यादित रुपले सकिएको शिक्षा विकास तथा समन्वय इकाई बर्दियाका प्रमुख सूर्य बहादुर खत्रीले वताउनु भयो । पहिलो दिनको अनिवार्य अग्रेजी परीक्षामा नियमित तर्फ ८७ जना र ग्रेडवृद्धि तर्फ ५३ जना परीक्षार्थी अनुपस्थित भएका छन् । परीक्षालाई अत्यन्तै मर्यादित, शान्तिपूर्ण र  भयरहित बनाउन सरोकारवाला सबै पक्षसँग छलफल तथा समन्यवको काम भएकाले निर्धक्क भएर परीक्षा दिन अनुरोधगर्दै शिक्षा विकास तथा समन्वय इकाई बर्दियाका खत्रीले सबै परीक्षार्थीहरुलाई सफलताको शुभकामना दिनु भएको छ । 

जिल्लाका ८८ सामुदायिक र २९ संस्थागत गरी १ सय १७ विद्यालयका  नियमित तर्फ २९४६ छात्रा २५४० छात्र र ग्रेडबृद्धि तर्फ १२७१ छात्रा र १००५ छात्रले परिक्षा फारम भरेका थिए । जिल्लाका ८ स्थानीय तहमा ३५ परीक्षा केन्द्रबाट विद्यार्थीले परीक्षा दिएका छन् । परीक्षाका लागि प्राविधिक तर्फ १ सय ६५ जना विद्यार्थीले परीक्षामा सहभागीता जनाउने छन् । जिल्लामा ११ जना अपांगता भएका विद्यार्थीले परीक्षा दिन लागेको शाखा अधिकृत शेर बहादुर रोकाले बताउनुभयो । 

परीक्षामा ३५ केन्द्रध्यक्ष, ५२ सहायक केन्द्राध्यक्ष, ३९० निरीक्षक, ७८ सहायक कर्मचारी, १५६ कार्यालय सहायक, ३५० नेपाल प्रहरी र १७५ सशस्त्र प्रहरी खटिएका छन् । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, शिक्षा विकास तथा समन्वय इकाई बर्दियाका प्रमुख खत्री, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी उपरिक्षक, पालिकाका शिक्षा शाखाका अधिकृतहरु, इलाका प्रहरीकार्यालय राजापुरका डिएसपी लगायतका टोलीले राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका परीक्षा केन्द्रहरुमा पहिलो दिनको अनुगमन निरीक्षण गरेको थियो ।

सम्बन्धित समाचार

Facebook Comments