• १० वैशाख २०८३, बिहिवार
  • १९ °C काठमाडौं
नेपाली समाजमा दलित माथीको बिभेद कायमै

मुरली गोडिया, ७ चैत्र, बर्दिया । सरकारले छुवाछूत तथा जातीय बिभेदलाई अपराध साबित हुने भनेपनि अझै जातीय विभेद तथा छुवाछूत हुने गरेको छ । बर्दियाका दलित महिला अगुवा अभियान्ताहरु स्वयं यसको सिकार भएको बताएका छन । यति मात्र नभै स्थानीय तहमा सेवा लिन जादा होस या शिक्षा क्षेत्र लगायत विभिन्न स्थानमा दलित माथी विभेद भएको उनीहरुले बताउँदै आएका छन् । 

बासगढी नगरपालिका वडा नम्बर ४ कि सुनिता परियारले गाउँमा अझै पनि विभेद रहेको बताइन । भोज भतेरमा अझै पनि गाउँगाउँमा गैर दलितहरुले अपमान हुने गरि ब्यवहार गरेको खुलासा गर्नुभयो । दलित अभियन्ताहरु सङ्ग नै विभेद भएको भन्दै अझै सामान्य दलित नागरिकलाई कति बिभेद भएको होला ? भनी उहाँले प्रश्न गर्नुभयो । यस्तै मधुवन नगरपालिका वडा नम्बर ७ कि मन्जु सुनारले दलित समुदायका नागरिकले स्वास्थ्य शिक्षा लगायतका स्थानहरुमा अझै पनि दलितको पहुँच पुग्न न सकेको सुनाउनु भयो ।

दलित महिला संघ बर्दियाले आयोजना गरेको दलित महिला अगुवा अभियन्ताहरुको काम गर्दाको अनुभव, चुनौती र सिकाइ आदान प्रदान कार्यक्रममा सहभागी दलित महिला अगुवाहरुले यस्तो कुरा बताएका हुन । कार्यक्रममा संस्थाकी केन्द्रिय अध्यक्ष कला स्वर्णकारले दलित महिलाको न्यायमा पहुँच पुर्याउन निरन्तर पहल गरि रहेको बताउनु भयो । महिलाहरुले अब अधिकारका लागि आवाज उठाउनु पर्ने बताउनु भयो । स्थानीय तहमा केवल एकजना मात्र पदलाई प्राथमिकता दिएको भन्दै ८४ को निर्वाचनमा थप वडा अध्यक्ष तथा अन्य पदका लागि पनि ब्यवस्था गर्न पहल भै रहेको बताउनु भयो ।

दलित महिला संघ बर्दियाकी अध्यक्ष हिमा सुनारले दलित महिलाहरुको न्याय तथा जातिय छुवाछूत तथा जातिय विभेद बारे निरन्तर अवाज उठाउदै आइरहेको बताउनु भयो  । जातीय विभेद तथा छुवाछूत बारे दलित अगुवाहरुले आफ्नो स्थानमा थुप्रै काम गर्न आवश्यक रहेको बताउदै सो पहलका लागि संस्थाले सधै अग्रपंक्तिमा रहि काम गर्ने बताउनु भयो । कार्यक्रममा दलित महिला संघकी केन्द्रिय अध्यक्ष कला स्वर्णकार सहित बर्दियाको मधुवन, बासगढी, गुलरिया नगरपालिका र बढैयाताल गाउँ पालिकाका गरि २५ जना दलित महिला अगुवा अभियन्ताहरु सहभागीतामा कार्यक्रम गरिएको थियो । 

सम्बन्धित समाचार

Facebook Comments