• १० वैशाख २०८३, बिहिवार
  • १९ °C काठमाडौं
बर्दियामा साढे ७ हजार बढी बिद्यार्थीले एसईइ परिक्षा दिँदै

पुरुषोत्तम खनाल, ६ चैत्र, बर्दिया । बर्दियामा सात हजार सात सय बढी विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसइई) दिने भएका छन् । परीक्षा सम्बन्धी सम्पूर्ण तयारी पुरा भएको भन्दै परीक्षालाई अत्यन्तै मर्यादित, शान्तिपूर्ण र  भयरहित बनाउन सरोकारवाला सबै पक्षसँग छलफल तथा समन्यवको काम भएकाले निर्धक्क भएर परीक्षा दिन अनुरोधगर्दै शिक्षा विकास तथा समन्वय इकाई बर्दियाका प्रमुख सूर्य बहादुर खत्रीले सबै परीक्षार्थीहरुलाई सफलताको शुभकामना दिनु भएको छ । 

बिहिबार चैत्र ७ गतेदेखि हुने परीक्षामा जिल्लाका ८८ सामुदायिक र २९ संस्थागत गरी १ सय १७ विद्यालयका  नियमित तर्फ २ हजार ९४६ छात्रा २ हजार ५४० छात्र र ग्रेडबृद्धि तर्फ १ हजार २७१ छात्रा र १ हजार ५ छात्र गरी ७ हजार ७६२ जना विद्यार्थीले परीक्षामा सहभागी हुन लागेको शिक्षा विकास तथा समन्वय इकाई बर्दियाका प्रमुख सूर्य बहादुर खत्रीले बताउनु भयो । शिक्षा विकास तथा समन्वय इकाई बर्दियाले जिल्लाका ८ स्थानीय तहमा ३५ परीक्षा केन्द्रबाट विद्यार्थीले परीक्षा दिन लागेको जनाएको छ । 

परीक्षाका लागि प्राविधिक तर्फ १ सय ६५ जना विद्यार्थीले परीक्षामा सहभागीता जनाउने भएका छन् । यस वर्ष बर्दिया जिल्लामा ११ जना अपांगता भएका विद्यार्थीले पनि परीक्षा दिन लागेको समन्वय ईकाइका शाखा अधिकृत शेर बहादुर रोकाले बताउनुभयो । जिल्लामा ३५ केन्द्राध्यक्ष, ५२ सहायक केन्द्राध्यक्ष, ३ सय ९० निरीक्षक, ७८ सहायक कर्मचारी, १ सय ५६ कार्यालय सहायक, ३ सय ५० नेपाल प्रहरी र १ सय ७५ सशस्त्र प्रहरी खटिने भएका छन् ।

सम्बन्धित समाचार

Facebook Comments