बढैयातालको खानेपानी टोलमा पानीको हाहाकार : स्थानीय सरकार बेखबर
दलबहादुर सुनार, ४ चैत्र, बढैयाताल (बर्दिया) । स्थानीय जगतिया स्थित खानेपानी टोलकी किशोरी थारुले वर्षाैंदेखि पानीको समस्या भोग्दै आएको बताउनु भयो । हामीकहाँ ठुला ठुला माछा पोखरीहरू छन् । ती पोखरीमा पानी भर्न समर सेबल बोरिङ जडान गरिएपछि स्थानीय बासिन्दाहरूलाई पानीको अभाव हुन थालेको हो ।
बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर ५ स्थित खानेपानी टोलमा खानेपानीको गम्भीर अभाव भएको छ । माछा बचाउन पानीको व्यवस्था गरिन्छ तर मानिसका लागि पानीको समस्या हुँदा पनि गाउँपालिका बेखबर छ । स्थानीय प्रगतिनगर कबिराम थारुले भोगिरहेको समस्या फरक छ । उहाँका अनुसार करिब २१ देखि ३६ मिटर चौडा रहेको पुरानो डिकिया नाला अतिक्रमण भएर हाल ४÷५ मिटरमा खुम्चिएको छ । उहाँले भन्नुभयो, नाला खुम्चिएका कारण वर्षा याममा पानी गाउँभित्र पस्दा घर डुब्ने र धनजनको क्षति हुने गरेको छ ।
टेशनपुरका छंगा थारुका अनुसार ग्याङ नदीको कटान तीव्र रूपमा भइरहेको छ । उहाँले चिन्ता व्यक्त गर्दै भन्नुभयो, यदि तटबन्ध नगरिएमा नदी गाउँभित्र पस्छ । जसले ठुलो धनजनको क्षति निम्त्याउने छ टेशनपुर सधैं डुबान पर्ने क्षेत्र हो । कमैया महिला जागरण समाज नेपाल, बर्दियाले आयोजना गरेको ‘जलवायु परिवर्तनले सिमान्तकृत समुदायमा पारेको प्रभाव र स्थानीय सरकारको भूमिका’ विषयक पालिका स्तरीय अन्तरक्रिया तथा सरोकारवालासँग छलफल कार्यक्रममा मुक्त कमैया बस्तीका बासिन्दाहरूले आफ्ना समस्याबारे खुलेर बोलेका थिए ।
कार्यक्रम बढैयाताल गाउँपालिकाको समन्वय र एक्सनएड नेपालको सहयोगमा सम्पन्न भएको थियो । प्रमुख अतिथि तथा बढैयाताल गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारीले समस्या समाधनको लागि पहल गर्ने प्रतिवद्धता जनाउनु भयो । जागरण समाजका अध्यक्ष फुलाराम थारुको अध्यक्षतामा भएको कार्यक्रमको उद्देश्यमाथी कार्यक्रम अधिकृत राजेन्द्र प्रसाद थारुले प्रकाश पार्नु भएको समाजकी उषा चौधरीले जानकारी दिनु भयो ।
१९ °C काठमाडौं
Facebook Comments