मधुवनमा मेयरकप तथा राष्ट्रपति रनिङशिल्ड शुरु
हरि गुरुङ, मधुवन (बर्दिया) । बर्दियाको मधुवन नगरपालिकामा “स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद“ भन्ने मुल नारासहित ५ औं मेयर कप तथा राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिता आइतबारदेखि शुभारम्भ भएको छ । मधुवन नगरपालिकाको आयोजना तथा श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय मधुवन नगरपालिका वडा नम्बर ९ पुर्णपुरको संयोजनमा प्रतियोगिता आयोजना गरिएको छ ।
एथलेटिक्स, कबड्डी र भलिबल गरी तिन विधा तथा खो–खो, फुटबल २ विधामा प्रतियोगिता गरिने सचिवालयले जानकारी दिएको छ । सामुदायिक विद्यालय र संस्थागत विद्यालय गरि ३६ वटा विद्यालय खेलकुद स्पर्धामा सहभागी छन् । प्रमुख अतिथि लुम्बिनी प्रदेश संसद तथा लुम्बिनी प्रदेश नेपाली कांग्रेसका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले खेलाडी विद्यार्थीहरुलाई अनुशासित भएर खेल्न प्रोत्साहन गर्नुभएको छ । खेलकुद जितेर मात्रै हुदैन, अनुशासन छैन भने प्रतियोगिता विजेताको औचित्य हुदैन । उहाँले भन्नुभयो अनुशासनमा रहेर आफ्नो प्रतिभा प्रर्दशन गर्नुपर्ने हुन्छ । मधुवन नगरपालिकाबाट राष्ट्रिय अन्तर्राष्ट्रिय खेलमा सहभागी भएका खेलाडीहरुलाई स्मरण गर्दै घाइते महिला फुटबल खेलाडी यशोदा बोहराको स्वास्थ लाभको कामना व्यक्त गर्नुभएको थियो ।
सामाजिक विकास समिति तथा ५ औं मेयर कप तथा राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिताका संयोजक मीन बहादुर थापाको संयोजकत्वमा समुद्घाटन समारोह सम्पन्न भएको छ । समुद्घाटन समारोहमा विशिष्ट अतिथी पुर्व लुम्बिनी प्रदेश संसद कुल प्रसाद पोख्रेल, समन्वय समिति बर्दियाका संयोजक सुर्य बहादुर बिष्ट, मधुवन नगरपालिकाका नगरप्रमुख तेज बहादुर भाट, उप–प्रमुख अनिता चौधरी, मधुवन नगरपालिकाका पुर्व नगरप्रमुख गणेश बहादुर के.सी. (कृष्ण), ९ वडा अध्यक्षहरु, विभिन्न राजनैतिक दलका नेतागण तथा प्रतिनिधि र शिक्षक, शिक्षिका बुद्धिजीवीहरु तथा विद्यार्थीहरुको सहभागीता थियो । श्रीनेपाल राष्ट्रिय माध्यमिक विद्यालय पुर्णपुरका प्राध्यापक थिरबहादुर वलिले स्वागत मन्तब्य राख्नुभएको कार्यक्रम सन्तोष तिमिल्सिनाले संचालन गर्नुभएको थियो । ५ औं मेयर कप तथा राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिता ३० मंसिर शनिबार सम्पन्न हुने जनाईएको छ ।
२३ °C काठमाडौं
Facebook Comments