• १० वैशाख २०८३, बिहिवार
  • १९ °C काठमाडौं
महिला दिवसको अवसरमा बाँसगढीमा १० जना महिला सम्मानित

विन्दु चौधरी, २३ फागुन, बाँसगढी (बर्दिया) । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा बर्दियाको बाँसगढीमा १० जना महिलालाई सम्मान गरी नारी दिवस मनाईएको छ । ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिला सशक्तिकरण र उनीहरूको योगदानको प्रशंसागर्दै, विभिन्न क्षेत्रहरूमा उल्लेखनीय काम गरेका महिलाहरूलाई सम्मान गरिएको हो । 

बाँसगढी नगरभित्रका प्रत्यक वार्डबाट १÷१ जना र महिला नेतृ गरी १० जना महिलालाई सम्मान गरिएको छ । सम्मानित हुनेमा बाँसगढी नगरपालिका वडा नम्बर १ बाट देविसरा विसी, २ बाट दुर्गा परियार, वार्ड नं ३ बाट रिना कुमारी थारु, वार्ड नं ४ बाट बुढनी थारुनी, वार्ड नं ५ बाट इन्दुरानी थारु, वार्ड नं ६ बाट भवन कुमारी पुरी, वाड नं ७ बाट सुन्दरा अहिर, वाड नं ८ बाट चन्द्रा थारु र वार्ड नं ९ बाट बेलाती थारुलाई सम्मान गरिएको बाँसगढी नगरपालिकाका उपप्रमुख इन्द्रिरा चौधरीले जानकारी दिनुभएको छ । 

सामाजिक कार्यमा सक्रिय तथा अपांग, लक्षित वर्ग, आर्थिक अवस्था कमजोर भएका, उद्यमी प्रत्येक महिलालाई प्रमाणपत्र र नगद पाँच हजार सहित दोसल्ला ओढायर सम्मान गरिएको छ । न्यायिक समितीका सदस्य तथा वार्ड नं. ५ का वडा सदस्य धनसरा सुनारको अध्यक्षमा भएको कार्यक्रममा बाँसगढी नगर उपप्रमुख तथा न्यायिक समिती संयोजक इन्दिरा चौधरी, नगर प्रमुख खड्क बहादुर खड्का, प्रमुख प्रसासकिय अधिकृत नोखिराम ओली, महिला संजाल, सहकारीसंस्था, महिला स्वास्थ्य स्वंयमसेविका लगायत सहभागि हुनुहुन्थ्यो । नगर उप्रमुख चौधरीले महिला उत्थानको लागि निरन्तर कामगर्दै जाने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

सम्बन्धित समाचार

Facebook Comments