बर्दियामा धुमधामले मनाईयो चोरी शिकार नियन्त्रण अभियान दिवस
मुरली गोडिया, १९ फागुन, बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र अन्र्तगत रहेको चोरी शिकार नियन्त्रण युवा परिचालन अभियान दिवस बर्दियामा धुमधामले मनाईएको छ । पृथ्वी र मानव हितका लागी बन्यजन्तु संरक्षणमा लगानी भन्ने नारासहित यसबर्ष गेरुवा गाउँपालिका स्थित बेलभरिया खेल मैदानमा विविध कार्यक्रमगर्दै अभियान दिवस मनाईएको छ ।
प्रारम्भमा संघिय सांसद एवम् नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले समीको बृक्षारोपण गरी कार्यक्रमको समुद्घाटन गर्नुभएको थियो । अभियानका अध्यक्ष हेमन्त आचार्यको अध्यक्षतामा गरिएको कार्यक्रममा प्रमुख अतिथी राठौरले बन्यजन्तु र मानव समुदाय विच सहअस्तित्व कायम गर्न सरकारले धेरै काम गर्न बाँकी रहेको औल्याउनु भयो । बन्यजन्तुबाट नागरिकको अस्तित्व जोगाउन सरकारसँग जोडदार माग गर्नु भएको छ ।
कार्यक्रममा राजापुर, ठाकुरबाबा, बाँसगढी नगरपालिका प्रमुखहरु तथा गेरुवा गाउँपालिकाका अध्यक्षले मानव बन्यजन्तु नियन्त्रण गर्न राज्यले चाँसो दिनुपर्ने बताउनु भएको छ । प्रत्येक बर्ष फागुन २७ गते मनाउँदै आएको चोरी शिकार नियन्त्रण युवा परिचालन अयिभान दिवस सरकारले विश्व वन्यजन्तु दिवसकै दिन मनाउने निर्णय गरेपछि मार्च ३ मा मनाउन थालिएको हो । यसलाई सरकारले २०७१ साल आषाढ ६ गते राष्ट्रिय दिवसको रूपमा मान्यता दिएको थियो ।
चोरी शिकारको अन्त्य गर्न वन र वन्यजन्तु जोगाउन २०६५ सालमा पहिलो पटक बर्दिया जिल्लाबाट अभियानको शुरूवात गरिएको चोरी शिकार नियन्त्रण युवा परिचालन अभियान बर्दियाका अध्यक्ष हेमन्त आचार्यले बताउनु भएको छ । दिवसका अवसरमा भलिवल, डोरी तान्ने खेलकुद प्रतियोगितासँगै विभिन्न साँस्कृतिक झाँकी नृत्यहरु प्रस्तुत गरिएको थियो । कार्यक्रममा पत्रकार सन्तोष पौडेल, मिन अधिकारी, पुस्कर काफ्ले, प्रकाश पौडेल लगायत संरक्षणमा योगदान पुर्याउने ब्यक्तित्वहरुलाई सम्मान गरिएको छ ।
१९ °C काठमाडौं
Facebook Comments