• १० वैशाख २०८३, बिहिवार
  • १९ °C काठमाडौं
खाता क्षेत्रमा मनाईयो चोरी शिकार नियन्त्रण युवा परिचालन अभियान दिवस 

हरि गुरुङ, १९ फागुन मधुवन (बर्दिया) । बर्दियाको मधुवन नगरपालिका वडा नम्बर ३ खातामा विश्व वन्यजन्तु दिवसको अवसरमा “पृथ्वी र मानव हितका लागि वन्यजन्तु संरक्षणमा लगानी“ भन्ने मुल नारा सहित राष्ट्रिय वन क्षेत्र र खाता जैविक मार्ग क्षेत्रका  युवाहरुले समुदायमा आधारित चोरी शिकार नियन्त्रण युवा परीचालन अभियान दिवस ०८१ धुमधामले मनाएका छन् । 

चोरी शिकार नियन्त्रण गर्न जैविक मार्ग क्षेत्र र राष्ट्रिय वन क्षेत्रहरुका युवाहरूलाई एकत्रित गरि स्वतःस्फुर्त रुपमा वन, वन्यजन्तु संरक्षण गर्न भन्दै राष्ट्रिय वनक्षेत्र र जैविक मार्ग क्षेत्रमा वन, वन्यजन्तु  संरक्षण अभियानमा जुटेको १६ औं वर्ष गाँठको अवसरमा फागुन १९ गते (मार्च ३) मधुवन नपा ३ खातामा समुदायमा आधारित चोरी शिकार दिवस मनाईएको छ । डिभिजन वन कार्यालय बर्दियाको सहकार्य तथा तराई भु–परिधी कार्यक्रम (ताल) कोहलपुर बाँकेको आर्थिक सहयोग र  समन्वय समिति खाता, खैरी, बसन्ता र हात्ती मेरो साथी अभियानको आयोजनामा दिवस मनाइएको हो ।

समुदायमा आधारित चोरी शिकार नियन्त्रण युवा परीचालन अभियान समूह,  नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय सरकारको हातेमालोमा मनाउन थालिएको छ । चोरी शिकार नियन्त्रण अभियानमा स्वतःस्फुर्त रुपमा युवाहरु जुटेको दिनलाई सम्झना गर्दै प्रत्येक बर्ष  फागुन २७ गते चोरी शिकार नियन्त्रण युवा परिचालन अयिभान दिवस मनाउँदै आईएको थियो । नेपाल सरकारले विश्व वन्यजन्तु दिवसकै दिन चोरी शिकार नियन्त्रण दिवस मनाउने निर्णय गरेपछि राष्ट्रिय वन क्षेत्र र जैविक मार्ग  क्षेत्रका युवाहरुले मार्च ३ मा यो दिवस मनाउदै आइरहेका छन ।

२०७१ आषाढ ६ गते नेपाल सरकारले राष्ट्रिय दिवसको रूपमा मान्यता दिएको थियो ।  मार्च ३ का दिन विश्व वन्यजन्तु दिवस र समुदायमा आधारित चोरी शिकार नियन्त्रण दिवससंगै मनाउन थालिएको हो । चोरी शिकारको अन्त्य गर्न वन र वन्यजन्तु जोगाउन २०६५ सालमा पहिलो पटक बर्दिया जिल्लाबाट अभियानको शुरूवात गरिएको चोरी शिकार नियन्त्रण युवा परिचालन अभियान बर्दियाका अध्यक्ष हेमन्त आचार्यले चुरेकुञ्जलाई बताउनु भएको छ । युवाहरुले थालेको यस अभियानमा राष्ट्रिय वन क्षेत्र र जैविक मार्ग क्षेत्रका ३ वटा समन्वय समिति अन्तर्गत ७५ वटा सामुदायिक वनका ३ सय ७५ जना युवाहरु  सक्रिय  रूपमा अभियानमा जोडिएका छन ।

संरक्षण भनेको वन्यजन्तुका लागी हो वा मानवका लागी भन्ने दोधारमा देशको संरक्षण क्षेत्र परेको छ । सरकारले संरक्षणका लागी नितिगत सुधार गर्न जरुरी रहेको संरक्षणकर्मीहरुले बताउँदै आएका छन् । संरक्षित क्षेत्र वा राष्ट्रिय वन दुबै अध्ययन गरि सो स्थानले थेग्न सक्ने जति मात्र वन्यजन्तु राख्नुपर्छ  भन्ने आवाज उठ्न थालेकोे छ । दिवसका अवसरमा संरक्षण सचेतना र्याली र छलफल कार्यक्रमको आयोजना  गरि मानाईएको छ । संरक्षणको महान अभियानमा सके सपारौं, नसके नबिगारौं भन्ने मुल ध्येयका साथ अघि बढ्न सबैलाई आब्हान गरिएको छ ।

सम्बन्धित समाचार

Facebook Comments