नेपाल राष्ट्रिय शिक्षक संगठन बर्दियाको अध्यक्षमा ढुँगाना सर्बसम्मत
विन्दु चौधरी, १७ फागुन, बर्दिया । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन बर्दियाको अध्यक्ष पदमा फणिन्द्रप्रसाद ढुङगाना सर्वसम्मत चयन हुनुभएको छ । बाँसगढी नगरपालिका वडा नम्बर ५ स्थित नेपाल राष्ट्रिय माध्यामिक विद्यालय बाँसगढीमा भएको १४ औ जिल्ला अधिवेशनले ढुङगानाको अध्यक्षतामा २५ सदस्यीय जिल्ला समिति सर्वसम्मत चयन गरेको हो ।
समितिको महिला उपाध्यक्षमा अम्बिका रिजाल, खुला उपाध्यक्षमा कलम बहादुर शाही, सचिव पर्वानन्द न्यौपाने, सहसचिव तेजुमाया बानिया, कोषाध्यक्ष धन बहादुर गिरी, सहकोषाध्यक्ष लक्ष्मी अधिकारी चयन हुुनुभएको छ । त्यस्तै सदस्यहरुमा लक्ष्मी खत्री, खुम कुमारी पौडेल, लेखनाथ पौडेल, सुबाश खत्री, गजेन्द्र बहादुर केसी, भरत अधिकारी, विरेन्द्र प्रसाद गौतम, भवानी रेग्मी, तुलसी काफ्ले, शंकर कुमार हमाल, कृष्ण प्रसाद थारु, इन्द्रा वि.क, जैसिंह वि.क, इन्द्रप्रसाद देवकोटा र प्रर्शराम चौधरी चयन हुनु भएको हो ।
नेपाल राष्ट्रिय शिक्षक संगठन बर्दियाका अध्यक्ष भक्तिसागर रेग्मीको सभाध्यक्षतामा भएको कार्यक्रमको प्रमुख आतिथ्यता नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समितीका उप महासचिव एकदेव पन्थी रहनु भएको थियो । विशिष्ट अतिथिमा पुर्व शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठ, नेकपा एमाले केन्द्रिय सदस्य समेत रहनु भएका बाँसगढी नगर प्रमुख खड्क बहादुर खड्का, लगायतले मन्तव्य सहित नव निर्वाचित समितिलाई बधाई तथा शुभकामना दिनुभएको छ । नव निर्वाचित समितिका अध्यक्ष ढुङगानाले समितिको तर्फबाट प्रतिवद्धता व्यक्तगर्दै सर्वसम्मत रुपमा निर्वाचित गराउने सबैलाई धन्यवाद व्यक्त गर्नु भएको छ ।
१९ °C काठमाडौं
Facebook Comments