नेपाल राष्ट्रिय माबि राजापुरको भवन शिलान्यास
केशव कोईराला, १७ फागुन, राजापुर (बर्दिया) । राजापुर नगरपालिका वडा नम्बर २ नयाँ गाँउमा रहेको नेपाल राष्ट्रिय माध्यामिक विद्यालयमा चार कोठे भवनको निर्माण कार्य शुभारम्भ गरिएको छ । संघीय सरकारको सशर्त अनुदानमा निर्माण हुन लागेको भवनको राजापुर नगरपालिका वडा नं २ का अध्यक्ष रामचन्द्र चौधरीले शिलान्यास गर्नुभयो ।
करीब ६५ लाख रुपैयाँको लागतमा निर्माण हुने भवन २०८२ जेठ मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । निर्माण कार्य तोकिएको समयभित्रै सम्पन्न गरिने सव–इञ्जिनियर सञ्जीव चौधरीले जानकारी दिनुभएको छ । शिव कन्स्ट्रक्सनले ठेक्का सम्झौता गरी निर्माण कार्य अघि बढाएको छ ।
शिलान्यास कार्यक्रममा वडा सदस्य रामकुमार चौधरी, विद्यालयका प्रधानाध्यापक मोहन सिग्देल लगायत स्थानीयवासी तथा समुदायको उपस्थिति रहेको थियो । विद्यालयका प्रधानाध्यापक सिग्देलले नयाँ भवन निर्माणले विद्यार्थीहरूको पठनपाठन सहज हुने विश्वास व्यक्त गर्नुभएको छ ।
१९ °C काठमाडौं
Facebook Comments