• १० वैशाख २०८३, बिहिवार
  • १९ °C काठमाडौं
बर्दियामा लघुवित्त पीडितहरुको र्याली र सभा

चुरेकुञ्ज, २२ माघ, बर्दिया । स्थायित्व, सुशासन न्याय र समृद्धिको लागि एकजुट हुने लक्ष्यसशित लघुवित्त तथा वित्तिय शोषण विरुद्धको संघर्ष समिति बर्दियाले सदरमुकाम गुलरियामा बिरोध सभा गरेको छ । विभिन्न माग राख्दै समितिमा आवद्ध पीडितहरुले नारा बाजीसहित गुलरिया बजार परिक्रमा गरी सभा सम्पन्न गरेका छन् । 

नव सामन्तीको रुपमा स्थापित लघुवित्त तथा वित्तिय संस्थाहरु खारेज गर, लघुवित्तिय संस्थाहरुद्वारा लगाईएको सामुहिक ऋण मिनाहा गर, आम गरिव किसानहरुलाई निःशुल्क ऋण प्रदान गर, आवश्यकता र क्षमतामा आधारित काम र दामको व्यवस्था गर, समाजवादी अर्थतन्त्रको विकास गर, जनपक्षिय मौलिक निति कायम गर, चेक बाउन्स, कालोसुची तया धितो लिलाम फुकुवा गर, भूमिहिन तथा वित्तिय शोषणका पिडितहरुलाई मुआब्जाको व्यवस्था गर लगायतका मागहरु उनीहरुको छ । 

त्यस्तै मिटर व्याजी जाली तमसुकहरू रद्ध गर, बैंक तथा सहकारी हरुले सम्झौता विवरित असुल गरेको रकम तुरुन्त फिर्ता गर, ठुला तथा साना उधोगी व्यावसाही हरुलाई कर्जा भुक्तानी को लागि २५ वर्ष समय प्रदान गर, लघुवित्त, बैंक तथा वित्तीय पिडीतहरुलाई ३ प्रतिशत व्याजमा पुनस्थापनाको लागि पुर्नकर्जाको व्यावस्था गर, नितिगत भ्रष्टाचारीहरूलाई मृत्यु दण्डको व्यावस्था गर,  सम्पूर्ण लघुवित्त, बैंक मिटर व्याजी पिडीतहरू माथि लगाएको झुटामुढा खारेज गर लगायतको माग सहितको नाराबाजीगर्दै पीडितहरुले बजार परिक्रमा गरेका छन् ।

लघुवित्त पिडितको प्रतिवेदन कार्यन्वयन गर,  स्वास्थ्य र शिक्षा क्षेत्रमा भएको वित्तीय शोषणको अन्त्य गर, आम नागरिकलाई स्वास्थ्य र शिक्षा पूर्णरूपमा निःशुल्क गर, प्रत्यक्ष निर्वाचित राष्ट्रप्रमुखको व्यवस्था गर लेखिएका प्लेकार्डहरु उनीहरुले बोकेका थिए । समितिले आगामी संघर्षका कार्यक्रमहरू समेत सार्वजनिक गरेका छन् । जस अनुसार प्रतिवेदनमा उल्लेखित बुंदाहरुलाई स्थानिय तह, जिल्ला प्रशासन लगायत आम जनसमुदायलाई प्रशिक्षित गर्ने, सम्बन्धित निकाय र आमसमुदाय समक्ष अन्तरक्रिया, भेला र आन्दोलनको तयारी गर्ने तथा २०८१ चैत्र ५ गते देखी काठमाण्डौ केन्द्रित आन्दोलनमा सहभागी हुन पीडितहरुलाई अपिल गरिएको छ । 

सम्बन्धित समाचार

Facebook Comments