“पृथ्वी पत्रकारिता पुरस्कार” स्थापनार्थ नेपाल पत्रकार महासंघलाई चेक हस्तान्तरण
मुरली गोडिया, २२ माघ, बर्दिया । नेपाल पत्रकार महासंघ वर्दियाद्वारा स्थापित “पृथ्वी पत्रकारिता पुरस्कार” अक्षयकोषलाई चेक हस्तान्तरण गरिएको छ । बर्दियाका संचारकर्मीहरुलाई पत्रकारिता क्षेत्रमा टिकाइ हौसला प्रदान गर्ने अभिप्रायले अक्षयकोष स्थापना गरिएको हो ।
पत्रकार तथा समाजसेवी गुलरिया नगरपालिका वडा नम्बर ७ निवासी कमलराज पौडेलले नेपाल महासंघ बर्दियालाई १ लाख १ हजार १ सय ११ रुपैयताको चेक हस्तान्तरण गर्नुभएको छ । राष्ट्र निर्माता पृथ्वी नारायण शाहको विषयमा कलम चलाए वापत कमलराज पौडेललाई बेलायतमा रहेको संयुक्त राष्ट्रवादी नेपाली संगठनले ३०३ औं पृथ्वी जयन्तीको अवसरमा पृथ्वी पुरस्कार बापत सम्मान सहित १ लाख रकम पुरस्कार प्रदान गरेको थियो ।
पौडेलले प्राप्त गर्नु भएको पुरस्कार रकम बर्दियाका पत्रकारहरुलाई बृद्धि विकास तथा प्रोत्साहनमा सम्मान स्वरुप मंगलबार पुरस्कार कोषको लागि रकम हस्तान्तर गर्नु भएको हो । मधेश प्रदेशका पुर्व प्रमुख डा. राजेश अहिराजको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै कमल राज पैडेलले बर्दियाका पत्रकारका सम्मानका लागी रकम प्रदान गरिएको बताउनु भयो । महासंघमा आबद्ध सम्पूर्ण जेहेन्दार तथा लगनशिल पत्रकारहरुलाई सहयोग पुग्ने अपेक्षा उहाँको छ । कार्यक्रममा पुर्व प्रदेश प्रमुख डा. अहिराजले देशको सिमा, इतिहास र गौरब जोगाउन पत्रकारले एक भएर कलम चलाउन अनुरोध गर्नुभयो ।
पत्रकारिता क्षेत्रमा योगदान दिने पत्रकारलाई वार्षिक रुपमा पुरस्कार प्रदान गर्ने गरी अक्षयकोष स्थापना गरिएको नेपाल पत्रकार महासंघ वर्दियाका अध्यक्ष निर्मल घिमिरेले बताउनु भएको छ । पत्रकारिता क्षेत्रमा लाग्ने युवालाई यस्ता कार्यले प्रोत्साहन मिल्ने उहाँको भनाई छ । हस्तान्तरण कार्यक्रममा मधेश प्रदेशका पूर्व प्रमुख डा. राजेश अहिराज, पत्रकार महासंघका निबर्तमान अध्यक्ष यादव आचार्य, निर्माण व्यवासी संघ बर्दियाका अध्यक्ष हेमन्त गिरी सहित संचारकर्मी लगायत कार्यसमितिका पदाधिकारी सदस्यहरुको उपस्थिती थियो ।
१९ °C काठमाडौं
Facebook Comments