• १० वैशाख २०८३, बिहिवार
  • १९ °C काठमाडौं
स्वर्गिय पिताको स्मृतिमा सरस्वतीको मन्दिर शिलान्यास

चुरेकुञ्ज, २१ माघ, बर्दिया । उद्योग बाणिज्य संघ गुलरिया, बर्दियाका अध्यक्ष देवेन्द्र पाण्डे परिवारले आफ्ना स्वर्गिय पिता केशव पाण्डेको स्मृतिमा विद्यालयमा सरस्वतीको मन्दिर निर्माणार्थ शिलान्यास गर्नुभएको छ । वसन्त पञ्चमी अर्थात सरस्वती पूजाको अवसर पारेर मन्दिर निर्माणको शुभारम्भ गरिएको छ ।

बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर ८ कण्ठपुरमा अवस्थित विद्या ज्योति माध्यमिक विद्यालय प्रांगणमा सरस्वती माताको मन्दिर निर्माण कार्य थालनी गरिएको उद्योग बाणिज्य संघका अध्यक्ष पाण्डेले बताउनु भएको छ । 

सोमवार श्रीपञ्चमीको शुभ साईतमा पाण्डे परिवारले बैदिक सनातन पद्धति अनुसार पञ्चशीला पूजन गरी मन्दिर निर्माण कार्यको शिलान्याश गर्नु भएको छ । अनुमानित १५ लाख रुपैयाको बजेटमा निर्माण हुन लागेको सरस्वतीको मन्दिरको निर्माण कार्य केही महिना भित्रै सम्पन्न हुने अध्यक्ष पाण्डेको भनाई छ ।

सम्बन्धित समाचार

Facebook Comments