• १० वैशाख २०८३, बिहिवार
  • १९ °C काठमाडौं
बर्दियामा ५ सय घरधुरीमा सुधारिएको चुलो सेवा पुर्याईंदै

मुरली गोडिया, १९ माघ, बर्दिया । थारु महिला उत्थान केन्द्र बर्दियाले दुई पालिकामा गरि करिब ५ सय घरघुरीमा सुधारिएको चुलो पु¥याउने कार्यको थालनी गरेको छ । पछिल्लो समय ग्रामिण भेगका महिलाहरुलाई लक्षित गरि गुलरिया नगरपालिका र मधुवन नगरपालिकामा सुधारिएको चुलो निर्माण गराउन लागेको हो । 

मधुवन न.पा २ सोनाहा र गुलरिया नपा ४ सुहेलवामा गरि ३३ जना स्थानिय महिलालाई सुधारिएको चुलो निर्माण सम्बन्धित तालिम दिई तयार गरिएको थारु महिला उत्थान केन्द्रकी कार्यकारी निर्देशक प्रिज्मा सिंह थारुले जानकारी दिनुभयो । महिला सामुदायिक सुरक्षा जालो समूहमा आवद्ध महिलाहरुलाई चुलो निर्माणका लागी तालिम दिएको हो । आदिवासी थारु महिला, समुदायलाई नवीकरणीय ऊर्जा र दिगो कृषि अभ्यासमा पहुँच गर्न सक्षम बनाउने परियोजना अन्तर्गत यो कार्यक्रम सुचारु भएको हो । 

सन् २०२५ जुलाई सम्म करिब ५ सय घरधुरीलाई सेवा पुर्याउने उद्देश्यले सञ्चालनमा रहेको परियोजनाले सुधारिएको चुलोमा दाउरा कम लाग्ने, खाना छिटो पाक्ने साथै धुवा पनि कम हुने हुनाले स्वास्थ्यमा समेत जोखिम न्यून हुने प्रशिक्षक नरेश महर्जनले प्रष्ट पार्नुभयो । सुधारिएको चुलो गाउँ घरमा निकै उपयोगी तथा लाभकारी हुने बुझिएको छ । यसको प्रयोगबाट हानिकारक धुवा प्रदुषण बाट निम्तिने रोग आँखा सम्बन्धी रोग जोखिमलाई न्युनिकरण गर्ने छ । 

यस चुलोको माध्यमबाट ६० प्रतिशत दाउरा बचत हुने उहाँले जनाकारी दिनुभयो । गुलरिया नगरपालिका वडा न ४ बगहीकी सावित्री थारुले सुधारिएको चुलोको प्रयोग फाइदाजनक भएको बताउनु भयो । आफूको प्राप्त सिकाई अन्य घरहरूमा पनि चुलो बनाउन सहयोग गर्ने गुलरिया नगरपालिका वडा नम्बर ५ कि सीता थारुले प्रतिवद्धता ब्यक्त गर्नुभयो । 

सम्बन्धित समाचार

Facebook Comments