• १० वैशाख २०८३, बिहिवार
  • १९ °C काठमाडौं
बर्दियामा बिविध कार्यक्रमगर्दै मनाईयो शहिद दिवस

केशव कोईराला, १६ माघ, बर्दिया । आज सहिद दिवस देशका लागि प्राण आहुति दिने सहिदहरूको सम्झना गरि देश भर मनाइएको छ । सोही अनुरुप बर्दियाको सदरमुकाम गुलरिया, राजापुर लगायत जिल्लाका विभिन्न पालिकामा विविध कार्यक्रमगर्दै सहिद दिवस मनाईएको छ । 

नेपालमा प्रत्येक बर्ष माघ १६ गतेलाई सहिद दिवसको रूपमा मनाइन्छ । राणा शासन बिरूद्ध लडेका सहिदहरूको सम्झनामा सहिद दिवस मनाउन थालिएको हो । सहिद धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्री लगायतका सहिदहरूको बिशेष सम्झना गरिन्छ । गुलरिया नगरपालिकाको आयोजनामा गुलरिया स्थित शहिद पार्कमा रहेको शहिदका शालिकहरुमा माल्यार्पण गरिएको छ । संघीय सांसद एवम् पूर्व मन्त्री संजय कुमार गौतमले शहिदका सपना साकार पार्न दलहरु अझै कसिँनु पर्नेमा जोड दिनुभएको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले शहिदहरुले देखाएको बाटोलाई सबैले आत्मासाथ गर्नुपर्ने बताउनु भएको छ ।

गुलरियामा आयोजित कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष मुमबहादुर मल्ल, नेपाली काँग्रेसका जिल्ला सभापति अरुणसिंह राठौर, नेकपा माओवादी केन्द्र गुलरिया नगर ईन्चार्ज गेहेन्द्र ढकाल, नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष निर्मल घिमिरे, नागरिक समाज सञ्जालका संयोजक हिमा सुनार लगायतका ब्यक्तित्वहरुले शहिद प्रति सम्मान मन्तब्य राख्नु भएको थियो । गुलरिया नगरपालिकाका वरिष्ठ अधिकृत मुकुन्द अर्यालले संचालन गर्नुभएको कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, कर्मचारी, नागरिक समाज लगायत पत्रकारहरुको सहभागीता रहेको थियो ।

त्यस्तै राजापुर नगरपालिका १० कोठियाघाटमा सहिदको सम्झना गरि दिवस मनाइएको छ । उक्त अबसरमा राजापुर नगरपालिकाका प्रमुख दिपेश थारुले बर्तमान अबस्थामा आइपुग्न सहिद हरुको योगदान महत्वपूर्ण रहेकोले शहिदहरु सदैब स्मरण योग्य रहने बताउनु भयो । राजापुर नगरपालिकाका प्रबक्ता अशराज न्यौपानेले देशको परिबर्तनका निम्ति शहिदहरुले गरेको योगदान भुल्नै नहुनेभन्दै राणा कालिन परिबर्तन देखि जन आन्दोलनमा बलिदानिको उच्च प्रसंशा गर्नुभयो । कार्यक्रममा १० नम्बर वडा अध्यक्ष शिवलाल थारु, नगरपालिका पदाधिकारी, पत्रकार एवं स्थानीय सहभागी थिए ।

सम्बन्धित समाचार

Facebook Comments